ताजा खबर

ल्वाङ गाउँ चैत दशै मेलाको तयारी पुरा

   २२ चैत्र २०७५, शुक्रबार १७:५५      2,609 views

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ मा अवस्थित पर्यटकीय गाउँ ल्वाङमा यही चैत्र २४ देखी २७ गतेसम्म “२८आंै चैते दशै ऐतिहासिक मेला २०७५” आयोजना हुने भएको छ ।

स्थानिय ग्रिनहिल युवा क्लबको आयोजनामा हुने मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा आयोजना हुने छ । मेलाका मुख्य आकर्षकहरुमा गाउँ स्तरीय पुरुष भलिबल, खुल्ला अन्तर क्लब स्तरीय महिला भलिबल, छेलो हान्ने, घैटो फुटाउने, मकै गन्ने, बालबालिकाहरुको लागि बेलुन फुटाई, महिलाहरुको लागि मेच घुमाई प्रतियोगिताहरु हुने कार्यक्रमका उपसंयोजक भरत गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


क्लबका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व महासचिव एवम एभरेष्ट टाईम्सका डाईरेक्टर कुमार गुरुङ, राष्ट्रिय भलिबल रेफ्री एवम मेला संयोजक अनिल गुरुङ एवम मेला उपसंयोजक भरत गुरुङको उपस्थिती रहेको थियो।


पुरुष भलिबलमा प्रथम र द्धितिय हुने टिमले क्रमश ६० हजार र ४० हजार नगद प्रदान गरिनेछ भने महिला भलिबलमा प्रथम र द्धितिय हुने टिमले क्रमश २६ हजार अनि १६ हजार नगद प्रदान गरिने छ । गण्डकी प्रदेशकै नमुना चियाबारीको खेती एवम होमस्टेले परिचत ल्वाङ गाउँको पहिचान, भाषा, धर्म, संस्कृति, कला, संस्कार अनि परम्परालाई विश्वमाझ परिचत गराउने लक्ष्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलाले गाउँमा आन्तरिक तथा बाह्य गरी करिब २० हजार पर्यटन भित्र्याउने लक्ष्य लिएको छ र मेलाको खर्च ८ लाख रुपैया लाग्ने मेलाका उप संयोजक गुरुङले बताउनु भयो ।


साथै मेलाले गाउँलाई विश्व माझ चिनाउन मदत पुग्ने र ल्वाङलाई अझै माथी उठाउन मदत गर्ने क्लबका भूतपूर्व महासचिव कुमार गुरुङले बताउनु भयो। सो मेलाको समापन कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्तममा हुनेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284