
वडा अध्यक्षको विशेष पहलमा मौजामा एक घर एक धारा
पोखरा महानगरको वडा नम्बर २० का मौजाबासीले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ ।

महानगरभित्र भएतापनि मौजा गाउँमा हालसम्म खानेपानीको निकै समस्या थियो । वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट र युके एडको सहयोगका मौजा गाउँमा एक घर एक धारा जडान गरी खानेपानी वितरण गरिएको हो ।
मौजा गाउँको ४५ घरमा जडान गरिएको खानेपानी धारा हालै हस्तान्तरण गरिएको हो । खानेपानीका लागी मौजाबासीले हालसम्म घरबस्ती देखी टाढा टाढा रहेका कुवा तथा पधेराबाट खानेपानी उपभोग गर्न बाध्य थिए ।
गोर्खा वेल्फेयर ट्रष्टले ग्रामीण खानेपानी सरसफाइ कार्यक्रम अन्तर्गत मौजा देखी ७ किलोमिटर पर काब्रोको युम्चाको मुलबाट मौजासम्म खानेपानी ल्याइएको हो । ४५ घरमा निर्माण सम्पन्न गरि हालै समुदायलाई हस्तान्तरण गरिएको खानेपानी सरसफाइ कार्यत्रलमले उक्त क्षेत्रका २ सय ६६ जना लाभान्वित हुने ट्रष्टका प्रोजेक्ट म्यानेजर बुद्धिबहादुर श्रीषले बताए ।
गत फागुनमा सुरु भएको खानेपानीको काम चैत्र महिनामा सकेर हालै समुदायलाई हस्तान्तरण गरिएको वताउदै प्रोजेक्ट म्यानेजर श्रीषले उक्त योजना ३३ लाख ७३ हजार रुपैयाँमा सम्पन्न भएको समेत बताए । उक्त योजनामा स्थानीयको ११ लाख ९९ हजार रुपैयाँ बराबरको जनश्रमदान रहेको श्रीषले बताए ।
पोखरा महानगर वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले आफुले चुनावको बेला मौजाबासीलाई खानेपानीको समस्याबाट मुक्त गराउने प्रतिवद्धता जनाएको स्मरण गर्दै मौजा गाउँ महानगरभित्र रहेको भएतपानि यहाँका जनताले महानगरबाट पाउनुपर्ने सेवा सुविधा अझैसम्म पनि पाउन नसकिरहदा आफुले गोरखा वेल्फेयर ट्रष्टको सहकार्यमा खानेपानीको समस्या झेल्दै आएको मौजामा ढिलै भएपनि खानेपानी ल्याउन पाउदा निकै खुसी लागेको वताए ।
घरघरमा आइपुगेको धारालाई उचित प्रयोग गर्दै पानीको अभावमा तरकारी खेतीहरु नभइरहेको सन्दर्भमा आगामी दिनमा व्यवसायिक तरकारी खेतीतर्फ जोड दिन आग्रह गर्दै अध्यक्ष गुरुङले वडा नम्बर २० दुर्गम क्षेत्र भएतापनि महानगरबाट पाउने सुविधा नपाएको बताउदै अध्यक्ष गुरुङले जनतालाई सुविधा प्रदान गर्नका लागि आपूm सधै कटिबद्ध भएर लाग्ने वताए । मौजामात्र नभइ लामडाडा गाउमा पनि छिट्टै गोरखा वेल्फेयर ट्रष्ट संग समन्वय गरी खानेपानीको समस्याको समाधान गर्ने गुरुङको भनाई रहेको छ ।
मौजा खानेपानी उपभोक्ता समिति अध्यक्ष देवबहादुर गुरुङले घरघरमा खानेपानीको धाराबाट पानी आएपछि गाउँलेले झेल्दै आएको खानेपानीको समस्याको समाधान भएको बताए । मौजा गाउँमा धेरै लामो समयदेखि खानेपानी समस्यालाई समाधान गर्न खोजिएको भएता पनि विविध समस्याले गर्दा स्वस्थ पानी खानाबाट मौजा बासी बञ्चित भैरहेको अवस्थामा जनप्रतिनिधी आएपछि खानेपानीको समस्या समाधान भएकोमा खानेपानी समितिका अध्यक्ष गुरुङले खुसी व्यक्त गरे ।
मौजा खानेपानी उपभोक्ता समितीका कोषाध्यक्ष सीता गुरुङले योजनाको आय व्यय प्रस्तुत गरेको कार्यक्रममा समितिका सचिव खोमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
उस्तै खबर





https://shorturl.fm/TDuGJ
Written by Breanna790 2025-05-31 17:28:32