ताजा खबर

वडा नम्वर २१ मा मेलमिलाप केन्द्र

   १८ पुष २०७५, बुधबार २१:३८      3,892 views

पोखरा महानगरपालिकाको न्यायिक समितिको कामले तिव्रता पाएको छ । न्यायिक समितिको गठन, कार्यविधिको अभावमा काम गर्न नपाएको समितिले महानगरमा न्यायिक इजलास, मेलमिलापककर्ता सुचिकृत र मेलमिलाकर्ता मार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको समितिले अहिले वडा वडामा मेलमिलाप केन्द्र स्थापनालाई तिव्रता दिएको छ ।

वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले महागरका वडाभित्र मेलमिलापक केन्द्र स्थापना गरिएको छ । न्यायिक समितिले बुधबार पोखरा महानगरपालिका वडा नम्वर २१ मा मेलमिलापक केन्द्र स्थापना गरेको छ ।पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् । उनले वडा तहका विवादलाई तत्काल समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । उनले सवै विवाद महानगरमा आउने अवस्था आउन नदिन वडाबाटै विवाद समाधान होस भन्ने उद्देश्यले केन्द्र स्थापनालाई जोड दिइएको समेत बताइन् ।

उनले अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रुपमा पर्ने ब्यवहारलाई कम गदै स्थानिय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानले गरेको बताइन् । विवादका पक्ष र विपक्ष दुवैलाई छलफलको माध्यमबाट विवाद समाधान गदै मेलमिलाप गराउने हो उनले भनिन, ‘न्यायिक समितिले दुवैलाई जिताउने गरि विवादको समाधान खोज्ने छ । त्यही अनुसार मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।’ वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको जिम्मामा आएको बताइन् । महानगरको न्यायिक समितिले सुचिकृत गरेको मेलमिलापकर्तामा वडा नम्वर २१ मा १० जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका अधिकार क्षेत्र, मेलमिलापकर्ता छनोट लगायतका बारेमा जानकारी दिएका थिए । वडा नम्वर २१ का अध्यक्ष खगराज आचार्यले कानुनभित्र रहेर न्याय सम्पादन गर्नुपर्ने बताउदै पक्ष, विपक्ष र समाज सबैले जितको महसुस गर्ने गरि मेलमिलाप गर्नुपर्ने बताए । उनले पक्ष र विपक्षले मात्रै जितेर नहुने भन्दै विवादका पक्ष र विपक्ष सहित समाज मिल्नुपर्ने बताए ।

कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङ र वडा अध्यक्ष आचार्यले हस्तान्तरण गरे ।वडा नम्वर २१ का अध्यक्ष खगराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता हर्कबहादुर रेग्मी, पूर्व गाविस अध्यक्ष कमलमोहन पौडेल लगायतले वडाका विवाद मिलाउन तयार रहेको बताएका थिए भने संचालन महानगरका कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284