वन्यजन्तु सप्ताहको अवसरमा ताङतिङमा विभिन्न कार्यक्रम सम्पन्न
कास्कीको मादी गाउँपालिाका वडा नं २ ताङतिङमा २४औं वन्यजन्तु सप्ताहको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षणकोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय सिक्लेस र संरक्षण व्यवस्थापन समिति नार्माजुङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा २५ किलोमिटरको पर्वतीय दौड प्रतियोगिता सम्पन्न भएको छ । ताङतिङको पुरानो स्कूलबाट सुरु भएको दौड पुलुक्हों पुगेर पुन पुरानो स्कूलमै फर्किएको थियो ।
दौडमा मादी २ ताङतिङका ९ जना धावकहरु सहभागि भएका थिए जसमध्ये केविन गुरुङ प्रथम, खडग गुरुङ द्धितिय र प्रविन गुरुङ तृतिय भएका छन । यसैबीच सोहि अवसरमा वन्यजन्तुको नाम लेखाई प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा हिमालय मिलन मा.वि. ताङतिङका १० जना र चिल्ड्रेन एकेडेमि पोखराका १ जना गरि ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
जसमध्ये हिमालय मिलन मा.वि. ताङतिङका धनबहादुर गुरुङ प्रथम, सोहि विद्यालयका थमन गुरुङ द्धितिय र चिल्डे«न एकेडेमीका लक्ष्मण गुरुङ तृतिय भएका छन् ।
यस्तै वन्यजन्तुको फोटो चिनारी प्रतियोगितामा दुजामाया गुरुङ र यमबहादुर गुरुङ प्रथम, जंगबहादुर गुरुङ द्धितिय र हिरादेवी गुरुङ र आशामाया गुरुङ तृतिय भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई मादीका वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि एकजंङ गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मादी २ का वडा सचिव शिव पनेरु, वडा सदस्य डिलबहादुर गुरुङ, मादी गाउँपालिका कार्यपालिका सदस्य कल्पना गुरुङ, एक्यापका कर्मचारी शेरजंग गुरुङ, ताङतिङ स्वास्थ्य चौकी प्रमुख कर्णकुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संरक्षण व्यवस्थापन समिति नामार्जुङका अध्यक्ष गुमानध्वोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्री प्रसाद गुरुङले गर्नुभएको थियो भने सदस्य दुजामाया गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09