ताजा खबर

वरिष्ठ पत्रकार शान्ति गुरुङलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरिने

   २५ भाद्र २०७६, बुधबार १८:१८      1,448 views

तमू सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरिने यस वर्षको फोनिज युके पत्रकारिता पुरस्कार तमू सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङलाई प्रदान गरिने भएको छ ।

यस वर्षको फोनिज युके पत्रकारिता पुरस्कार तमू सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङलाई प्रदान गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा सेप्टेम्बर ३ मा फार्नबरोमा बसेको बैठकले रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा समाचार अधिकृतका रुपमा कार्यरत पत्रकार गुरुङलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


फोनिज युकेले रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा गठन गरेको पत्रकारिता सम्मान छनोट समितिले फोनिज नेपालले सिफारिस गरेका पाँच पत्रकारमध्ये गुरुङलाई चयन गरेको अध्यक्ष राईले बताउनु भयो । सम्मानको राशि नगद ३० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।


रुपन्देहीको बुटवल नगरपालिका–१३ की गुरुङ वि.सं. २०५४ सालमा गुरुङ भाषाको समाचार वाचकको रुपमा रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा काम सुरु गर्नुभएको थियो ।
त्यसयता निरन्तर रुपमा उहाँले मातृभाषामा समाचार वाचन, कार्यक्रम सञ्चालन, आदिवासी जनजाति सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।


उहाँ हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष, तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्की जिल्लाको अध्यक्ष समेत हुनुहुन्छ । तमू प्ये ल्हु संघ केन्द्रिय समितिको महासचिव समेत हुनुहुन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284