ताजा खबर

वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको संयोजकत्वमा ‘एलिना गुरुङ जिताऊ’ समिति गठन

   १८ मंसिर २०७७, बिहीबार २०:२६      2,088 views

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको गायन प्रतियोगिता वाइ वाइ नेपाल स्टारको उत्कृष्ट १० जनाभित्र पर्न सफल पोखरेली चेली एलिना गुरुङलाई जिताउनका निम्ती आज पोखरामा सहयोग समिति गठन भएको छ ।

लेकाली चुलो घरमा भएको भेलाले वरिष्ठ संस्कृतिकर्मी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको संयोजकत्वमा “एलिना गुरुङ जिताऊ” अभियान समिति गठन गरिएको हो ।
जसको उप–संयोजकमा हार्मोनी ग्रुपका अध्यक्ष तथा गायिका इतु जोजिजु, सचिवमा मादी न्युजका डटकमका सम्पादक रोशनी गुरुङ र आर्थिक विभाग प्रमुखमा समाजसेवी तथा शिक्षिका कुमारी गुरुङलाई चयन गरिएको छ ।


यस्तै समितिको प्रचार विभाग प्रमुखमा रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङ, संघ संस्था समन्वय विभाग प्रमुखमा गायक खिम गुरुङ (प्हाए अली), विदेश विभाग समन्वय प्रमुखमा गुरुङ पधेंरी गुरुङ किचनका सञ्चालक टेकनसिंह गुरुङलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा केशबहादुर गुरुङ, दिनेश गुरुङ, सानु जोजिजु, हिमाल गुरुङ, रमेश गुरुङ, बालकाशी गुरुङ, गौरी तमू, रोशन गुरुङ, पूर्णिमा गुरुङ, राजबहादुर गुरुङ, सन्तोष बस्याल, मन्त्रीजंग गुरुङ र दुर्गा गुरुङलाई चयन गरिएको छ ।


यस्तै सल्लहकारहरुमा ताङतिङ दुध पोखरी तमू समाजका अध्यक्ष सु.मे.हेमप्रसाद गुरुङ, चिउली पार्चे तमू समाजका अध्यक्ष क्या.शम्शेर गुरुङ, सप्तरंगी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, भुजुङ युम्पो तमू समाजका अध्यक्ष रामचन्द्र गुरुङ, लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, तमू कलाकार संघ गण्डकीका संस्थापक अध्यक्ष शंकर विराही गुरुङ, त्रिवेशी संगीतालयका सञ्चालक नवराज बराल, जोजिजु म्युजिक सेन्टरका सञ्चालक विनित जोजिजु, समाजसेवी पवित्रा गुरुङ, गुरुङ फिल्म एसोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङ, मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ, पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष शान्ति गुरुङ, भद्रकाली मा.वि.का प्राचार्य घनश्याम रिजाल, अनुशिलन कलाकेन्द्रका सञ्चालक गोरे गुरुङ, समाजसेवी रामचन्द्र गुरुङ लगायत रहनुभएको छ ।


यस्तै भेलाले युवा समाजसेवी मनकुमार श्रेष्ठ, तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङलाई समितिको संरक्षकमा चयन गरेको छ ।


समितिको पहिलो बैठक आगामी शनिबार बिहान बस्ने र उक्त बैठकले भावी कार्य योजना तय गर्ने समितिका संयोजक मेनकाजी गुरुङले जानकारी दिनुभयो ।


कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ स्थायी घर भएका एलिना गुरुङको परिवारको बसोबास हाल पोखरा १३ मियाँपाटनमा रहेको छ ।


अहिलेसम्म एलिनालाई जिताउन देश विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको र तमू धीं नेपालले संस्थागत रुपमा १० हजार रुपैंया एलिनाको लागि सहयोग गरेको आर्थिक विभाग प्रमुख कुमारी गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284