वरिष्ठ संस्कृतिकर्मी लोकबहादुर गुरुङको ८औं स्मृति दिवस सम्पन्न
वरिष्ठ संस्कृतिकर्मी, पत्रकार एवं चलचित्रकर्मी स्व.लोकबहादुर गुरुङको ८औं स्मृति दिवस पोखरामा सम्पन्न भएको छ ।
विक्रम सम्बत २००४ सालमा आँटीघर लामस्वाँरा कास्कीमा बाबा स्व.डम्मरबहादुर गुरुङ र आमा स्व. भानुकुमारी गुरुङको कोखबाट जन्मनु भएका लोकबहादुर गुरुङको ६७ बर्षको उमेरमा २०७१ भदौ १९ गते निधन भएको थियो ।
पत्रकारिता, भाषाभाषीका चलचित्र साथै संस्कार संस्कृतिको जगेर्नामा उहाँले पु¥याएको योगदानको कदर गर्दै उहाँको नाममा स्थापित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले हरेक बर्ष भदौ १९ गते स्मृति दिवस मनाउँदै आएको छ ।
शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले गुरुङ समुदायमा संस्कृतिककर्मी, पत्रकार, चलचित्रकर्मी लोकबहादुर गुरुङले अतुलनीय छाप छोडेर जानुभएको बताउनुभयो । उहाँले सुरुवात गरेका कामहरुलाई हामीले अगाडि बढाएमा उहाँको आत्माले शान्ति पाउने उहाँको भनाइ छ ।
कार्यक्रममा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङद्धारा निर्मित यसबर्ष पुरस्कृत व्यक्तित्व वरिष्ठ कलाकार सुकलाल गुरुङको संक्षिप्त भिडियो जीवन प्रस्तुत गरिएको थियो । हालसालै जिफानको अध्यक्षमा निर्वाचित गुञ्जबहादुर गुरुङ, तमू सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा निर्वाचित चित्रबहादुर गुरुङ, हिमाली साँस्कृतिक परिवारका अध्यक्षमा निर्वाचित ज्ञान थापालगायतलाई बधाई ज्ञापन गरिएको थियो ।
लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका संरक्षक सदस्य रत्नमान गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका विशिष्ट सदस्य एवं तमू साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एवं स्व.लोकबहादुर गुरुङका सहयात्री बेदबहादुर गुरुङ (श्याम) को अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा तमू धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, स्व. लोकबहादुर गुरुङका धर्मपत्नी सीता गुरुङ, छोरा अभिषेक गुरुङ, आफ्ना आफन्तमात्रै नभएर लोकबहादुर गुरुङका साथीहरु, शुभचिन्तक, अभियान फिल्मस्मा जोडिएका कलाकारलगायतको उपस्थिति थियो । उपस्थितले स्व. लोकबहादुर गुरुङको तस्बिरमा माल्यार्णपण गरेका थिए ।
जीवनको लामो समयसम्म शिक्षण पेशा अंगाल्नुभएका गुरुङले सेवा निवृत्तपछि पत्रकारिता, गुरुङ संस्कृति र चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । अभियान फिल्मस् प्रा.लि.मार्फत विशुद्ध तमू भाषाको चलचित्रहरु निर्माण निर्देशनमा लाग्नुभएका उहाँले तमू संसार पत्रिकामार्फत तमू समुदायलाई आफ्नो संस्कृति, संस्कारबारे जानकारी, जागरुक गराउनुभएको थियो । त्यतिमात्र नभएर युवा पुस्तालाई कलाकारिता र पत्रकारितामा प्रेरित गर्ने काम गर्नुभएको थियो ।
विक्रम सम्बत २००४ सालमा आँटीघर मौजा लामस्वाँरा कास्कीमा बाबा स्व.डम्मरबहादुर गुरुङ र आमा स्व. भानुकुमारी गुरुङको कोखबाट जन्मनु भएका लोकबहादुर गुरुङको ६७ बर्षको उमेरमा २०७१ भदौ १९ गते निधन भएको थियो ।
उहाँको निधनपछि उहाँको स्मृतिमा ‘लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ गठन गरी उक्त प्रतिष्ठानमार्फत हरेक बर्ष भदौ १९ गते औपचारिक कार्यक्रम गरी विभिन्न कार्यक्रमका साथ स्व. लोकबहादुर गुरुङलाई सम्झने गरिएको छ ।
स्व. लोकबहादुर गुरुङ बहुमुखि प्रतिभाको धनी हुनुहुन्थ्यो । पत्रकारिता र चलचित्र क्षेत्रमा प्रवेशअघि उहाँले अमरसिंह मावि पोखरामा १४ वर्ष अध्यापन गराउनुभयो । पोखराकै भद्रकाली माविमा १४ वर्ष प्रधानाध्यापक बन्नुभयो ।
सेवा निबृत्तपछि वि.सं. २०५८ सालमा अभियान फिल्मस प्रा.लि.को व्यानरमा पहिलो गुरुङ चलचित्र ङयोए नास ट्हो उहाँकै निर्देशन र उहाँका सहकर्मी वेदबहादुर गुरुङ (श्याम) को सहकार्यमा निर्माण भएको थियो । उक्तः चलचित्रले गुरुङ चलचित्रको इतिहासमा ५१औं दिन मनाउन सफल भएको थियो ।
त्यसपछि क्रमशः २०६० सालमा ‘हेर्बे ट’, २०६१ सालमा ‘चोँ’, २०६४ सालमा क्रमु, २०६६ सालमा ‘प्ह्रेंस्यो’, २०६९ सालमा धिं चलचित्र गरि ६ वटा गुरुङ चलचित्र निर्माण गर्नुभयो । उहाँले थुप्रै कालजायी गुरुङ गीतहरुको रचना गर्नुभएको छ ।
उहाँले रचना गर्नुभएको गुरुङ गीतहरु (मारा चाँदी आचैदी हिरामोती आचैदी, पोरे ट थुमिनो ङलो, ह्रेंगो ह्रेंगो आह्यादो ङोलो म्हिथेवा, छयाँबह्रानी ङोल्स्यो ने, देउरालीर प्रोनो ङलाई, खना भोले भोदो ङलाई तारे, चौ छ्याँब बुटे क्रमु, मुरबै मुसार धोँबै, गंगारबै क्यु भन्दा चोखो, म्होडरी म्रोबा, अह्यादो ठागु, आधी माया क्योला, खना भोले लगायत छन् ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09