वाइ वाइ नेपाल स्टारकी फानलिष्ट एलिना गुरुङ पोखरामा : ‘गीत गाएरै सबैको मन जित्छु’
नेपाल टेलिभिजनबाट प्रशारित पहिलो गायन रियालिटी शो नेपाल स्टार जारी छ । कार्यक्रम फाइनल चरणमा पुगिसकेको छ । फाइनल प्रतिस्पर्धा नजिकिंदै छ ।
उपाधि दौडमा रहेका चार जनामध्ये पोखरेली चेली एलीना गुरुङ पोखरामा आएकी छन् । आइतबार दिउसो पोखरा झरेकी उनी विभिन्न कार्यक्रममा व्यस्त छन् ।
नेपाल स्टारमा उनको उपाधि दौडले पोखरा जुर्मुराएको छ । उनलाई जिताउन पोखरेली संगीत तथा सामाजिक अभियान्ताले समिति गठन नै गरेर चुनावी मैदानमा होमिएका छन् । साथै एलीनालाई जिताउन विभिन्न २० देशमा समिति गठन भएको बताइन्छ ।
मैदानमा होमिएका सबै अभियान्ताहरु भन्छन्, ‘नेपाल स्टार पोखराले जित्छ, एलीनाले नै जित्छिन् । नेपाल स्टार जस्ता शोहरु पोखराले पटक पटक जितेको छ । यसैले पनि पोखरेली हौसिएका छन्, एलीनालाई जिताएर अर्को इतिहास रच्ने लक्ष्यमा लागेका छन् ।’
के भन्छन् अभियान्ताहरु ?
प्रथम नेपाल स्टारको भोटिङ चरणमा एलीना एक पटकबाहेक सबै चरणमा प्रथम भएकी छन् । ‘उनको गायन कला निकै राम्रो छ, खोट लगाउने ठाउँ नै छैन’, अभियान्ता मनकुमार श्रेष्ठ भन्छन्, ‘पोखरेलीले थुप्रै प्रतिस्पर्धी जिताएर इतिहास रचेका छन् । एलीनाले नजित्ने कुरै छैन ।’
गायन एकदमै राम्रो छ र भोटमा पनि कमि हुन नदिइने उनको अठोट छ । करिब करोड भोटको फरकमा एलीनाले नेपाल स्टार जित्ने अभियान्ता श्रेष्ठको विश्वास छ ।
पोखरास्थित हार्मोनीले जन्माएको कलाकार एलीना भएकाले उनले एउटा गर्विलो इतिहास रचेर छाड्ने उनले दावी गरे । फाइनल प्रवेश गर्दा एलीनाले प्रतिस्पर्धीसंग पाँच लाख भोटले अगाडि बढेको जानकारी दिए ।
अर्का अभियन्ता तथा वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङले एलीनाले नेपाल स्टारको उपाधि बोकेर देशमात्र नभइ विश्वभर नेपाललाई चिनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘एलीनाले जित्नेमा ढुक्क छौं तर प्रतिस्पर्धीलाई धेरै मतान्तरले हराउन सबैले सक्दो भोट गरौं ।’
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले नेपाल स्टारलाई नै गौरव गराउने भएकाले पोखराले र एलीनाले जित्ने विश्वास व्यक्त गरे । नेपाल स्टारलाई गर्विलो बनाउन एलीनाले जित्ने उनको दावी छ । उनले भने, पोखरा कहिल्यै पनि हार्दैन र हार्न जानेको पनि छैन । जित्नकै लागि प्रतिस्पर्धा हो ।
सञ्चारकर्मी खीमा गुरुङले एलीनालाई जितको माला पहिर्याउन पोखरेली आतुर भएर बसेको बताइन् । ‘नेपाल स्टारको उपाधि पोखराले जित्नेछ, पोखरेली चेलीले उचाल्नेछ’, उनको विश्वास छ । गीत, संगीतको विकास र नेपाल स्टारको गौरवलाई थप उचाइमा पुर्याउनका लागि एलीनालाई जिताउन खीमाको आग्रह छं ।
एलीनाकी दिदी कुमारी गुरुङले एलीनामा अभूतपूर्व प्रतिभा रहेकाले त्यो प्रतिभा नै नेपाल स्टारको शान हुने बताइन् । उनले उपाधि एलीनाले जित्न कसैले नरोक्ने दावी गरिन् ।
सहयोग गर्नुहेला, गुन अवश्य तिर्ने छु ः एलीना
गायिका, नेपाल स्टारकी फाइनल प्रतिस्पर्धी एवं पोखरेली चेली एलीनाले सहयोगका लागि अपिल गर्दै समग्र मतदाताको ऋण आवश्य तिर्ने उद्घोष गरेकी छन् । सोमबार पत्रकारहरुसंग कुरा गर्दै उनले आफूले नेपाल स्टार जित्नेमा ढुक्क रहेको र गीत गाएरै सबैको मना जित्ने बताइन् ।
उनले भनिन्, ‘मलाई अघि बढाउन मद्धत गर्नेहरुप्रति ऋणि छु । देश विदेशमा नेपालको नाम चलाएर ऋण चुक्ता गर्न चाहन्छु ।’
को हुन् एलीना ?
कास्की ताङतिङमा जन्मिएकी २५ वर्षीया एलीना हाल पोखरा १३ निवासी हुन् । उनी जम्मरजंग गुरुङ र श्यामकुमारी गुरुङकी एकमात्र सुपुत्री हुन् । उनका चार जना दाजुभाई छन् ।
पोखरास्थित भद्रकाली उच्च माविमा अध्ययन गरेकी उनी गीत, संगीत क्षेत्रमा सक्रिय भएर लागेकी छन् । आफ्नो सबै जीवन गीत, संगीतै समर्पित गर्ने उनको अठोट छ ।
उनी नेपाल स्टारकी एकमात्र महिला प्रतिस्पर्धी हुन् । उनी नेपाल स्टारको ३७ चरण पार गर्दै उपाधि भिडन्तमा आइपुगेकी हुन् ।
भोट कसरी गर्ने ?
एलिनालाई उपाधि जिताउनका लागि मोवाइलको म्यासेज बक्समा ल्क्घण् टाइप गरी घघण्ण्ज्ञ घघण्ण्ज्ञ म्यासेज पठाउने । साथै नेपाल टेलिभिजनको एप डाउनलोड गरी एलीनालाई निःशुल्क तथा सशुल्क भोट गर्न सकिनेछ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09