ताजा खबर

विज्ञान डिजिटल हाजिरीजवाफ प्रतियोगिताको उपाधी धनुबास कालिका मा.वि.मादी ७ लाई

   १ आश्विन २०८१, मंगलवार २१:२०      366 views


पोखरा

१२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा मादी गाउँपालिका स्त्तरीय विज्ञान डिजिटल हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।

मादी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र विज्ञान शिक्षक समाज मादी गाउँपालिका कार्यसमितिको व्यवस्थापन एवम् सञ्चालनमा भएको प्रतियोगितामा पालिकाभित्र रहेका १० वटा मा.वि.ले भाग लिएका थिए ।

प्रतियोगितामा धनुबास कालिका मा.वि. मादी ७ प्रथम, ध्रुव मा.वि. मादी ४ द्धितिय र जनकल्याण मा.वि. मादी १० मकैखोला तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुने समुहले नगद ६ हजार, द्धितिय हुने समुहले नगद ४ हजार ५ सय र तृतीय हुने समुहले नगद ३ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको विज्ञान शिक्षक समाज मादी गाउँपालिका समितिका अध्यक्ष जीवबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले अहिलेको युगमा सबै जना प्रविधिमैत्री हुनुपर्ने भन्दै विद्यार्थीहरुका लागि डिजिटल प्रविधिमा यति राम्रो कार्यक्रम गरेको भन्दै विज्ञान शिक्षक समाज मादी गाउँपालिका समितिलाई धन्यवाद दिनुभयो । साथै मादी गाउँपालिका शिक्षा युवा तथा खेलकुद समितिलाई पनि उहाँले धन्यवाद दिनुभयो । आउने दिनमा पनि सबैको सहयोगले यस्ता कार्यक्रमहरु भइरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मादी गाउँपालिका वडा नं. ४ को कार्यालय तारकाङ्मा आयोजना भएको प्रतियोगिता मादी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष एवम् मादी गाउँपालिका सामाजिक विकास समितिका संयोजक शिवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन विज्ञान शिक्षक समाज मादी गाउँपालिका समितिका सचिव प्रदीप परियारले गर्नुभएको थियो । कार्यक्रममा १ सय ३० जना विद्याथी उपस्थित भएका थिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284