
विज्ञान शिक्षक समाज मादी गाउँपालिकाले असोज १ गते विज्ञान हजिरीजवाफ प्रतियोगिता गर्ने
पोखरा २७ भदौ ।
विज्ञान शिक्षक समाज मादी गाउँपालिका कास्कीले यहीँ असोज १ गते १२औं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर पालिका स्तरीय विज्ञान हजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
असोज १ गते विज्ञान दिवस र २ गते शिक्षा दिवसको अवसर पारेर विज्ञान शिक्षक समाज नेपाल, मादी गाउँपालिका कमिटी र मादी गाउँपालिका शिक्षा शाखाको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । पालिक स्तरीय (मा.वि) Digital science quiz competition नाम दिइएको उक्त कार्यक्रममा मादी गाउँपालिका भित्रका १० वटा मा.वि. विद्यालयका विद्यार्थीहरुले भाग लिनेछन् ।

कार्यक्रम असोज १ गते मादी गाउँपालिका वडा नं. ४ को कार्यालय तारकाङ्मा आयोजना हुने भएको छ । बिहान् १० बजेबाट सुरु हुने प्रतियोगितामा एउटा समुहमा ३ जना विद्यार्थीले भाग लिने छन् ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ६ हजार, द्धितिय हुने समुहले नगद ४ हजार ५ सय र तृतीय हुने समुहले नगद ३ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने विज्ञान शिक्षक समाज मादी गाउँपालिकाका अध्यक्ष जीवबहादुर गुरुङले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
२ श्रावण २०८२, बिहीबार १५:२१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38