ताजा खबर

विभिन्न व्यक्तिहरुको नजरमा स्व.लोकबहादुर गुरुङ

   ६ पुष २०७५, शुक्रबार १०:४७      3,223 views


झम तमू
निवर्तमान अध्यक्ष तमू साँस्कृतिक प्रतिष्ठान



वहाँ एउटा बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । हाम्रो समाजलाई नभई नहुने व्यक्ति मध्ये वहाँ पनि एक हुनुहुन्थ्यो । अहिले हामी सबैले वहाँलाई एक्दमै सम्झिरहेका छौ । वहाँको सामाजिक सञ्जाल, शैक्षिक क्षेत्र, चलचित्र क्षेत्र गीत, संगीतको क्षेत्र एक्दमै व्यापक थियो । खास गरी हाम्रो सामाजिक संस्कार, संस्कृतिको कुराले वहाँ असाध्यै धनी हुनुहुन्थ्यो । आज तमू संसार पत्रिकाले यस्तो व्यक्तिलाई गुमाएको छ कि यसको क्षतीपूर्ति लिन अब यसलाई धेरै कठिन हुने छ । वहाँले यो पत्रिका मार्फत आफनो समुदायभित्रको संस्कार, संस्कृतिको कुरालाई दुनियाँको सामु उजागर गर्दै आउनुभएको थियो । आज वहाँ सारा तमू समुदायलाई एक्लो छाडेर, अझै वहाँ संलग्न रहनुभएको संस्था गुरुङ फिल्म एशोसियशन नेपाललाई आधीकल्चो पारेर जानुभएको छ । यो सबै गुरुङ चलचित्रकर्मीको लागि पनि दुर्भाग्यको कुरा हो ।
अबको दिनमा वहाँले छाडेर जानुभएको कृतिहरुलाई अनुशरण गर्दै हामी अघि बढनु जरुरी छ । म संलग्न रहेको संस्था तमू साँस्कृति प्रतिष्ठानको पनि उहाँ आजीवन सदस्य हुनुहुन्थ्यो । मेरो कार्यकालमा वहाँले मलाई धेरै राम्रो सल्लाह सुझावहरु दिने गर्नुहुन्थ्यो साथै वहाँले “झम जी एउटा समुदायले गर्न नसकेको काम तपाईको संस्थाले गरेको छ यो संस्थालाई म जुनसुकै बेला जे सहयोग गर्न पनि तयार छु तपाईहरु अघि बढनुस” भनेर हौसला दिनुहुन्थ्यो । वहाँ हाम्रो संस्थाबाट एउटा वरिष्ठ संस्कृतिकर्मीको रुपमा सम्मानित व्यक्तित्व पनि भईसक्नुभएको छ । वहाँ कहिल्यै पनि नरिसाउने, सबैलाई माया गर्ने, हाँसेरै कुनै पनि व्यक्तिलाई सम्झाउन सक्ने व्यक्तिको रुपमा मैले पाएको छु । वहाँले दिएर जानु भएको सल्लाह, सुझावलाई तमू साँस्कृतिक प्रतिष्ठानले सधै शिरोधारण गरेर अघि बढने छ । वहाँ मरेर जानुभयो त्यसकारण प्रशंसा गरे भन्नु होला तर जति पनि वहाँसँग परिचित व्यक्तिहरु छन देश, विदेशमा आजसम्म मैले कसैको मुखबाट पनि वहाँको बारेमा नराम्रो कुरा गरेको सुनेको छैन । वहाँको निधनपछि कहिलेकाँही साथीभाई भेट हुँदा वहाँको मृत्युको बारेमा हामी कुरा गर्र्दथ्यौ तर ति साथी भाईहरुले भो यो बेला यस्तो कुरा नगर्नुस झम जी भित्री मनबाट नै भकानो फुटेर आउँछ यो कुरा गर्दा भन्ने गर्दथे । वहाँलाई हामीले हाम्रो समुदायको उज्वल नक्षेत्रको रुपमा लिएका छौ । यस्तो मुर्धन्य व्यक्तिको निधनले हामी सबैलाई शोकमा डुबाएको छ । वहाँको मृत आत्माले शान्ति मिलोस भनी क्ल्ह्येसोंदी प््रहेसोंदीसंग प्रार्थना गर्दछु । वहाँको मार्ग निर्देशनलाई हामीले सधै पछाइ रहन सकौ, भावपुर्ण श्रद्धाञ्जली ।

गुञ्ज तमू÷चलचित्र निर्देशक

मेरो नजरमा लोक सर एउटा तमू जातिको संस्कार, संस्कृतिको पहिचान र उत्खनन गर्न सक्ने व्यक्ति हो । हाम्रो समुदायमा लोप हुदै गइरहेको संस्कृतिलाई बाहिरा ल्याउन र देश, विदेशमा पु¥याउने काममा वहाँको एकदमै ठूलो योगदान छ । वहाँ एकदमै मिलनसार, जस्तो मान्छेसँग पनि छिट्टै घुलमिल हुन सक्ने व्यक्तिको रुपमा मैले पाएको छु । मसँगको भेटका क्रममा वहाँले सधै हाम्रो सस्कार, संस्कृति ओझेलमा प¥यो भाई भनेर चिन्ता गर्नुहुन्थ्यो । त्यसकारण वहाँले चिन्तन मनन गरेको बाटोलाई पछायए हामी अघि बढन सकेमा पक्कै पनि हाम्रो समुदायलाई राम्रो हुनेछ ।
गिरीप्रसाद तमू÷कोषाध्यक्ष गुरुङ फिल्म एशोसियशन नेपाल तथा सचिव तमू धिं नेपाल
लोक सर मिलनसार समस्त राष्ट्रकै सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो । यस्तो व्यक्तिलाई अब तमू समुदायले फेरि फेरि पाउन गाह्रो छ । जिवनको युवा अवस्थामा वहाँ शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो, त्यो एकदमै महात्वपुर्ण कुरा हो त्यसपछि उत्तराद्र्धको समयमा चलचित्र क्षेत्रमा लाग्नु भयो त्यो झनै प्रशंसानीय र सबैको लागि उदहारणीय काम हो । वहाँकै कारणले तमू चलत्रिले एउटा आकार लिन सफल भयो । तमू जातिको संस्कार र संस्कृतिलाई चलचित्रमा उतारेर एकदमै नयाँ रुप दिनुभयो । वहाँले सधै तमू चलचित्रहरु विशुद्ध रुपमा भाषा र संस्कृतिमा आधारित हुनुपर्छ भन्नुहुन्थ्यो र वहाँ आफैले पनि त्यही मार्गलाई अबलम्बन गर्नुभयो । विशेष गरेर तमू गीत, संगीत यति प्रख्यात हुनुको पछाडी वहाँको ठूलो देन छ ।
आसबहादुर तमू÷ प्रोपाइटर देउराली सपिङ्ग सेन्टर, हस्पिटलचोक पोखरा ।
लोक सर मेरो गुरु हुनुहुन्छ उहाँले मलाई अमरसिंह उच्च मा.वि.मा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । वहाँ एकदमै सितल स्वभावको, नरिसाउने, सबैलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो वहाँको यति धेरै गुणहरु छ कि जसको बयान गरि साध्यै छैन । मैले लामो समयसम्म वहाँसँग ढिकुटी खेलेर आर्थिक कारोबार पनि गरे वहाँको कारोबारहरु एकदमै पारदर्शी हुने गर्दथ्यो । कहिल्यै पनि हामीले कुनै कुरामा शंका गर्नुपर्ने व्यवहार वहाँले मसँग गर्नुभएन ।

जित तमू÷काटुनिष्ट तथा चित्रकार एवं प्रो. मुनाल आर्टस पोखरा


लोक सरले मलाई सानै देखि स्कूलमा पढाउनुभएको हो । त्यसबेलादेखि नै वहाँसँग मेरो चिनजान र विषेश श्रद्धा थियो । त्यसपछि वहाँ चलचित्रहरु निर्माण गर्न लाग्नुभयो मलाई आफनो चलचित्रको पोष्टरहरु बनााउन दिनुहुन्थ्यो तर त्यतिबेला अहिलेको जस्तो आधुनिक प्रविधिीको विकास भइसकेको थिएन त्यस कारण मैले हातले नै लेखेर वहाँको चलचित्रको लागि ठूलो ठूलो पोष्टरहरु निर्माण गरिदिने गर्दथे । त्यसको आलवा मैले वहाँको चलचित्रको लोगोहरु बनाईदिन्थे । वहाँले स्कूल पढददेखि नै मेरो चित्रकलालाई विषेश मनपराउनु हुनथ्यो । सधै मलाई अझै राम्रो गर भनेर हौसला दिनुहुन्थ्यो । वहाँ एकदमै मिजासिलो अनि रमाईलो स्वभावको व्यक्ति हुनुहुन्थ्यो । हरेक कुरामा प्रेरण दिनुहुने र साथी भाईको जस्तै व्यवहार गर्ने खालको हुनुहुन्थ्यो । अर्को कुरा वहाँले मलाई आफनो चलचित्रमा नायक बनाउनको निम्ती एकदमै प्रयास गर्नुभएको थियो तर मलाई गुरुङ भाषा कति पनि नआउने भएकोले यो प्रयास भने आधुरो नै रह्यो ।


राजेश तमू÷प्रथम पूर्व उपाध्यक्ष गुरुङ फिल्म एशोयिसयशन नेपाल


वहाँ एकदमै मृदुभाषी, सहनशील, बाहिरा रिस नदेखाउने व्यक्तिको रुपमा मैले चिनेको छु । तमू चलचित्र यहाँसम्म आउनुमा वहाँको एकदमै ठूलो योगदान रहेको छ । वहाँको निधनले हामी चलचित्रकर्मीलाई एकदमै ठूलो क्षती पुगेको छ । अब हामीले वहाँको यो क्षती कहिल्यै पूरा गर्न सक्दैन, वहाँले आफनो पुरै जिवन गीत, संगीतमा बिताउनुभयो र सफल पनि हुनुभयो, खास गरी मलाई वहाँले रचना गर्नुभएको (धि)ं चलचित्रमा समावेश रहेको गीत आधी माया क्योला आधी माया ङला बालो लले तारे जुनीभरीलाई बोलको गीत असाध्यै मन पर्छ यो गीतको प्रत्येक शब्द, शब्द एकदमै वास्तविक र मार्मिक रहेका छन । जुन गीतमा वहाँले बालोन सोले तारे जुनी भरीलाई…भनेर कसम खानुभएको छ तर वहाँ आफैले यो बाचा र कसमलाई तोडेर हामीसबैलाई अधुरो र अपुरो बनाएर जानुभएको छ ।


प्रेमा तमूस्यो ÷नायिका


गुरुङ फिल्म एशोसियशन नेपालमा आबद्ध भएदेखि नै मैले वहाँलाई चिनेको हुँ, खास गरी वहाँको अन्तिम चलचित्र धिंमा रहेको अह्यादो ठागु अह्यादो आगे..बोलको गीतमा मलाई अभिनय गर्ने अफर वहाँले गर्नुभयो र मैले पनि सो गीतमा आफुले सके जतिको अभिनय कला प्रस्तुत गरेकी छु । मलाई पनि पहिल्यैदेखि अभियान फिल्म प्रा.लि. र वहाँसँग काम गर्ने तिव्र इच्छा थियो जनु इच्छा त्यो गीत मार्फत पुरा भएको छ । जुन गीत अत्यन्तै हिट पनि भयो, मैले आजसम्म थुप्रै गीतमा अभिनय गरेकी छु तर मलाई बजारमा अधिकांशा मान्छेले आह्यादो ठागुमा नाच्ने नायिका भनेर नै चिन्ने गर्दछन । यसमा मलाई गर्भ लाग्छ । वहाँले अब अरु चलचित्रमा पनि सँगै काम गर्नुपर्छ है प्रेमा भन्नु भएको थियो मेरो पनि वहाँसँग काम गर्ने इच्छा पूरा भएको थिएन । त्यसैलेसँगै काम गर्नको निम्ती म एक्दमै उत्साहित थिए तर मेरो इच्छा पूरा हुन पाएन । मैले धेरै नेपाली भाषी तमू चलचित्रमा अभिनय गरेकी छु तर वहाँको जस्तो विशुद्ध भाषा र संस्कृतिमा आधारित चलचित्रमा भने अहिलेसम्म अभिनय गरेकी छैन वहाँले नारी प्रधान चलचित्रहरु बढी निर्माण गर्नुभयो । त्यसकारण पनि वहाँको चलचित्रमा मलाई विषेश रुचि थियो । वहाँ एकदमै इमान्दार र हामी सबैलाई आफनै छोरा छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो । आज वहाँ नभएता पनि अभियान फिल्मले वहाँको बाँकी इच्छालाई पुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ । वहाँको निधनले मलाई मात्र हैन हामी कला क्षेत्रमा काम गर्ने सम्पुर्ण कलाकारहरुलाई ठूलो क्षति पुगेको छ । वहाँले निर्माण गर्ने चलचित्रमा खेल्ने मौका नपाएता पनि वहाँले निर्माण गरेको गीतमा अभिनय गर्ने मौका पाए त्यसको लागि म आफुलाई एकदमै भाग्यमानी ठान्दछु ।


कृष्णकुमार तमू÷चलचित्र निर्देशक


सत्य र सर्मपण यदि कतै लागु हुन्छ भने त्यो लोकबहादुर सरमा मात्रै लागु हुन्छ । संस्कृति र संगीतको धरातालमा पुगेर अध्ययन गर्ने वहाँ मात्रै एक व्यक्ति हो । इमान्दारिता र सहनशीलता लोक सरको एकदमै ठूलो शक्ति हो । वहाँ शैक्षिक हिसावले तमू समुदायको मात्रै नभएर वहाँको पेरीफेरीमा वहाँ एकदमै शिक्षित व्यक्तिको रुपमा पर्नुहुन्छु । राजनितिक रुपमा भन्दा सामाजिक सदभावले समाज अघि बढनुपर्छ भन्ने मान्यताको व्यक्ति हुनुहुन्थ्यो लोकबहादुर सर ।
माओत्से तमू÷चलचित्र निर्देशक तथा संस्थापक अध्यक्ष गुरुङ फिल्म एशोसियशन नेपाल
वहाँ एकदमै मृदुभाषी, सहनशील एवं बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । नम्र किसिमको बोलीचाली भएको र चलचित्र कर्ममा लागि रहने तथा सहि ढङगाले यस क्षेत्रमा लाग्न सधै प्रेरणदिने व्यक्ति हुुनुहुन्थ्यो । मलाई पनि व्यक्तिगत रुपमा वहाँले धेरै खालको सल्लाह सुझाव दिनुभएको छ । वहाँको बारेमा जति बोले पनि कम नै हुन्छ । एक बसाईमा वहाँको बारेमा बोलेर सकिदैन जस्तो लाग्छ । वहाँ तमूको छोरा भएर पनि शिक्षित र सहि मार्गमा हिडनको लागि सधै प्रयत्नशील रहने व्यक्ति हुनुुहुन्थ्यो । अब वहाँले छोडेर जानुभएको जिम्मेवारी हाम्रो काँधमा आएको छ वहाँले देखाउनु भएको मार्गमा कतिको हिडन सक्छौ त्यो हाम्रो माथी भरपर्छ । ।


खुसबहादुर तमू÷चलचित्र निर्देशक


लोक सर यस्तो व्यक्ति हुनुहुन्थ्यो हाम्रो तमू समुदायको लागि कि वहाँ अझै १ सय वर्ष बाँच्नुपर्ने व्यक्ति हो, तर दैवको अगाडी कसैको पनि केहि नलाग्दो रहेछ त्यस कारण वहाँ अल्पायुमै हामीलाई छाडेर जानुभएको छ । मैले वहाँलाई वि.सं. २०६२ सालदेखि चिनेको हो । पहिलो पटक भेट हुदाँ वहाँले हाम्रो समुदायको अवस्थाप्रति निक्कै चिन्ता व्यक्त गर्नुभएको थियो । वहाँसँगै हातेमालो गर्दै जिवनको यात्राहरु अगाडी बढाउल भन्ने सोचमा थिए तर वहाँको अकस्मिक निधनले म एकदमै दुःखी छु । वहाँ जस्तो व्यक्ति फेरि पनि हाम्रो समुदायमा एकचोटी जन्म लिइयोस भन्ने कामना गर्दछु ।

प्रतिमा तमूस्यो ÷ पूर्व सचिव गुरुङ फिल्म एशोसियशन नेपाल जिफान


मैले चलचित्र क्षेत्रमा आई सकेपछि वहाँलाई चिनेकी हुँ । मैले अभिनय गरेको पहिलो चलचित्र यो कस्तो जमाना निर्माण भएपछि वहाँसँग चिनजान बढेको हो । उहाँ एकदमै नरम स्वभावको व्यक्ति भएको कारण पनि मैले वहाँसगै धेरै कुराहरु सिक्ने मौका पाए । मैले पनि वहाँलाई आफनै दाई जस्तै सम्झन्थे वहाँले पनि मलाई बहिनी जस्तै माया गर्नुहुन्थ्यो ।
चलचित्रको कलाकार कस्तो हुनुपर्छ अनि कला क्षेत्रमा कसरी अघि बढनुपर्छ भन्ने कुराहरु वहाँबाट धेरै थोरै सिक्ने मौका पाए । वहाँकै सल्लाह र सुझाव अनुसार मैले पनि आफनो अभिनयलाई निखारदै लाने कोशिस गरे । वहाँद्धारा सम्पादन हुने तमू संसार पत्रिकामा पनि मैले कविताहरु लेखी रहन्थे वहाँले मलाई कविता वा लेख रचनाहरु लेख्नको निम्ती सधै आग्रह गरिरहनुहुन्थ्यो । मेरो नजरमा मात्रै होइन हरेक व्यक्तिको नजरमा असल व्यक्तिको रुपमा कहलीएको हामीसबैको प्रिय लोक दाईको निधनले एकदमै दुःखी छु । वहाँको आत्माले शान्ति पाओस भन्ने कामना गर्दछु ।

बलबहादुर तमू (साईला दाई) ÷वरिष्ट कलाकार


सरल मिजासिलो तथ मिलनसार, अनावश्यक कुरा धेरै नबोल्ने आफुले गर्ने विषयवस्तु र काममा बढी केन्द्रित हुने स्वभावको व्यक्ति हुनुहुन्थ्यो लोक सर । अरुको महत्वपुर्ण समयलाई बढी ध्यानदिने, बढी परिश्रम गर्न रुचाउने र आफनो जातिको परम्परा र संस्कृति एवं संस्कारलाई बढी रुचाउने वहाँको स्वभाव हो । ठूलो महत्वकांक्षा नराख्ने, सरल स्वभावको मेरो प्रिय लोक सरलाई मैले वि.सं. २०२६ सालदेखि नै चिनेको हो ।
२०२७ सालमा वहाँ अमरसिंह उच्च मा.वि.को शिक्षक हुँदा ताका विद्यालयको वार्षिक उत्सव कार्यक्रम हुदा वहाँकै आग्रहमा हामी त्यहाँ साँस्कृति कार्यक्रम लिएर नाच्न गएका थियौ । त्यही बेलादेखि वहाँसँगको साँस्कृतिक साईनो जोडिएको हो । त्यस बेला हामी आफै गाउँने, नाच्ने र बाजाहरु बजाउने तथा विभिन्न कमिक्सहरु देखाउने गर्दथ्यौ ।
वहाँले निर्माण तथा निर्देशन गर्नुभएको पहिलो चलचित्र ङयोए नास ट्होबाट नै मैले औपचारिक रुपमा चलचित्रमा प्रवेश गरेको हो । त्यस अघि वहाँहरुकै समुहले निर्माण गरेको चलचित्र न्हाम्स्यो न्होरीमा पनि मलाई अभिनयको निम्ती वहाँले बोलाउनुभएको थियो तर त्यति बेला भने म आफैले समय दिन सकेन । वहाँले निर्देशन गर्नुभएको ६ वटै चलचित्रमा मैले अभिनय गर्ने मौका पाए अभिनयको दौडानमा मलाई सबै भन्दा मन परेको वहाँको चलचित्र भने (चोँ) हो ।

इन्द्रा तमूस्यो ÷राष्ट्रिय लोक दोहोरी गायिका

मलाई साँङगेतिक क्षेत्रमा लाग्नका निम्ती प्रेरण दिनुहुने आदरणीय गुरु लोक सरले नै हो । मलाई पहिलो पटक तमू गीतको रेकर्ड गर्नका निम्ती स्टुडियोमा वहाँले नै प्रवेश गराउनु भएको थियो । वहाँले निमार्ण गर्नुभएको प्राय जसो चलचित्रमा मलाई अभिनयको लागि पनि सम्झनु हुन्थ्यो । साथै गीत, संगीत र कला क्षेत्रमा लाग्न राम्रो सल्लाह सुझाव दिनुका साथै कलाकारिताको सम्मान गर्ने मेरो अभिभावकलाई आज हामीसबैले गुमाएको छ । सरको निधनले तमू चलचित्र र कलाकारिता क्षेत्रले एउटा असल अभिभावक घुमाएको मैले महसुश गरेकी छु ।
पोखराको अमरसिंहचोकमा रहेको भेटघाट दोहोरी साँझमा गीत गाउँदै गर्दा वहाँसँग मेरो पहिलो चिनजान भएको थियो । वहाँले निर्माण गर्नुभएको चलचित्र प्ह्रैस्यो र धिंमा अभिनय गर्ने मौका पाए, त्यसको आलव रिमै थुमै प्रेतना रोधी रि… र च्युमी लले आगै ठागु लबुचनै टहा..बोलको गीतमा सामुहिक गायनको निम्ती पनि अवसर पाए । मलाई सधै अगाडी बढनको निम्ती प्रेरणा दिई रहनुहुन्थ्यो । मान्छेले सधै आफनो इज्जतको ख्याल गर्नुपर्छ भन्नुहुन्थ्यो । वहाँसँग मैले मेरो गाउँको गीत बनाई दिनका निम्ती आग्रह गरेकी थिए वहाँले पनि हुन्छ भन्नु भएको थियो तर र्दुभाग्या नै भन्नुपर्छ गीतको लागि काम अगाडी बढाउन नपाउदै वहाँ हामीसबैलाई छाडेर जानुभयो ।
हुमबहादुर तमू÷सम्पादक कास्की आवाज राष्ट्रिय दैनिक
लोक सर राष्ट्रले नै सम्मान गर्नुपर्ने व्यक्ति हो । वहाँ कलासम्बन्धी एकदमै राम्रो ज्ञान भएको व्यक्ति हुनुहुन्थ्यो । सबैलाई समन्वय गर्ने, कसैसँग पनि शत्रुता नभएको व्यक्ति वहाँ मात्रै हो कि जस्तो लाग्छ । २०४८ साल तिर नै वहाँसँग मेरो भेटघाट भएको थियो म भर्खरै क्याम्पस पढन पोखरा झरेको थिए । त्यो बेला हामी अखिलको कार्यकर्ता थियौ र विद्यालयमा संगठन विस्तारको क्रममा जाँदा भेट भएको थियो । त्यति बेला विद्यार्थी संगठनहरु स्कूलमा गठन गर्ने काम हाम्रो लागि एकदमै कठिन थियो तर वहाँले भने सहज रुपमा त्यसलाई लिनुभयो र हामीलाई सहयोग गर्नुभयो ।

चिजकाजी तमू÷अध्यक्ष तमू साँस्कृतिक प्रतिष्ठान


तमू साँस्कृतिक प्रतिष्ठानको वहाँ आजीवन सदस्य पनि हुनुहुन्थ्यो । वहाँ कला र साहित्यले पोख्त व्यक्ति र शिक्षित व्यक्ति भएको हुनले पनि हाम्रो प्रतिष्ठानलाई एकदमै राम्रो सल्लाह, सुझाव दिई रहनुहुन्थ्यो । करिब १० वर्ष जति वहाँसँग संगत भयो, यो बीचमा मैले वहाँलाई अति नै भलादमी, शालिन र बौद्धिकता भएको व्यक्तिको रुपमा पाए । म तमू संसारको पनि नियमित पाठक हुँ वहाँले हरेक अप्ठयारो मोडमा पनि यसको प्रकाशनलाई निरन्तरता दिनुभयो यो एक दमै प्रशंसा योग्या काम हो ।
तमू समुदायले सजिलै बुझन र गाउन सक्ने गीतहरु वहाँले रचना गरेर जानुभएको छ । वहाँलाई जिवित राख्नको निम्ती गुरुङ फिल्म एशोसियशन नेपालको पहलमा लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान गठन भएको छ । यो एकदमै राम्रो काम हो, वहाँ जस्तो व्यक्तिको कृतिलाई हामीले सधै जीवनत राख्नुपर्छ ।


सिम तमू÷प्रोपाइटर निरमाया दोहोरी साँझ, पोखरा


वहाँ तमूको छोरा भएता पनि बौद्धिक क्षेत्रको शिक्षित व्यक्तिमा पर्नुहुन्थ्यो । सर र म एउटै गाउँले पनि हो, परापूर्व कालदेखि नै वहाँहरु खान्दानी खलकमै हुर्किनुभएको हो । त्यसकारण वहाँको सबै परिवार शैक्षिक वातावरणमा नै हुर्किनुभयो । वहाँ मेरो गुरु पनि हुनुहुन्छ एस.एल.सी. परिक्षा दिई सकेपछि बल्ल वहाँसँग बढी घुलमिल हुन थाले । वहाँहरु बेला बेलामा मेरो दोहोरी साँझमा पनि आईरहनु हुन्थ्यो । मैले वहाँसँग हाम्रो गाउँको पनि गीत बनाउन सर हामी दुई जना मिलेर भनेर प्रस्ताव राखेको थिए । वहाँले पनि हुन्छ भन्नुभएको थियो तर त्यो सपना अधुरो नै रह्यो । अब वहाँको भाई अक्ष तमू मार्फत यो सपनालाई पूरा गर्ने सोचमा छु । समय, समयमा काम विषेशले गाउँमा आउने जाने गर्ने बेलामा भेटभयो भने सधै गाउँको निम्ती केहि गर्नुपर्छ भन्नुहुन्थ्यो । मलाई वहाँ एउटा व्यक्तिमा हुनुपर्ने सबै गुणले पोख्त भएको व्यक्ति हो जस्तो लाग्छ । थोरै बोल्ने सबैले बुझने गरि बोल्ने र गाउँघरको बारेमा बढी चासो राख्ने स्वभावको हुनुहुन्थ्यो लोक सर ।
मैले देखेको लोक सर तमूहरुको एउटा श्रष्टा हुनुहुन्थ्यो । वहाँको निधनले हाम्रो कला संस्कृतिको क्षेत्रमा धेरै ठूलो क्षती पुगेको छ । समाजमा वहाँको छुट्टै स्थान छ भने शैक्षिक क्षेत्र तथा तमू चलचित्र एवं गीत, संगीतको क्षेत्रमा वहाँको योगदान अमुल्य खालको रहेको छ । उमेरले सानै भएता पनि मलाई सधै वहाँले साथीको जस्तै व्यवहार गर्नुभयो ।
मलाई धेरै ठाउँमा सहयोग गर्नुका साथै सल्लाह सुझावहरु पनि दिई रहनु हुन्थ्यो । कसैको आँखामा नबिजाउने, सबैलाई माया गर्ने वहाँको स्वभाव थियो, मैले गुरु भनेर मान्ने र वहाँले पनि मलाई असाध्यै माया गर्नुहुन्थ्यो , वहाँहरुको चलचित्र र्हेबै ट् सन २००४ मा हङकङमा प्रर्दशन हुँदा हामीसँगै हङकङ गएका थियौ भने सोही चलचित्रको छायाँकन गर्दा ठूलोस्वाँरा गाउँमा पनि हामीसँगै गएका थियौ । मैले पोखरा बसाईको क्रममा करिब २० बर्ष जति वहाँसँग सहकार्य गरेको छु । वहाँकै प्रेरणका कारण मैले पनि आफनो तर्फबाट तमू जातिको कला संस्कृतिको क्षेत्रमा केहि गर्नुपर्छ भन्ने सोचेर (माँ) चलचित्रमा लगानी गरेको छु । चलचित्र क्षेत्रमा वहाँसँगै सहकार्य गर्ने मेरो इच्छा भने अपूरो भएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284