
विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका बीच प्रतिस्पर्धा हुँदै
विश्वकपको साविक विजेता अष्ट्रेलियाका लागि जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्धको खेल अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर हुनेछ ।

अष्ट्रेलियाले शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजे प्रतियोगितामा कमजोर देखिएको पूर्व विजेता श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
शुक्रबार राति वेष्ट इण्डिजलाई ८ विकेटले हराएसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएपछि ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ । इंग्ल्याण्डको पनि समान ६ अंक नै छ भने न्यूजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ ।
श्रीलंकालाई पराजित गरेमा अष्ट्रेलिया शीर्ष स्थानमा पुग्नेछ । यसअघि पाकिस्तानलाई ४८ रनले पराजित गरेको खेलमा ओपनर डेविड वार्नरले शतक प्रहार गरेका थिए ।
अष्ट्रेलियाले यस विश्वकपमा सन्तुलित प्रदर्शन गरिरेको छ । बल टेम्परिङ प्रकरणपछि प्रतिबन्ध झेलेर पुनरागमन गरेका वार्नर र स्टिभ स्मिथले आफूलाई पुनः प्रमाणित गरिसकेका छन् । श्रीलंकाविरुद्धको खेलमा पनि उनीहरु नै निर्णायक हुन सक्नेछन् ।
बलिङमा मिचेल स्टार्कको फास्ट बलिङ निर्णायक बनिरहेको छ । अष्ट्रेलियालाई स्पिन आक्रमण अहिले चिन्ताको विषय हो । नाथान ल्योनले श्रीलंकाबिरुद्धको खेलमा टिममा फर्कने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको सुरुवाति २ खेलको विश्लेषण गर्दा श्रीलंकाली टोली यसपल्ट निकै कमजोर देखिएको छ । इंग्ल्याण्डको पिचमा उसका ब्याट्सम्यानहरुले अफगानिस्तानविरुद्ध समेत संघर्ष गर्नुपरेको थियो ।
अष्ट्रेलियाविरुद्ध जित हासिल गर्ने हो भने श्रीलंकाले ब्याटिङ बलिङ र फिल्डङ गरी तीनै पक्षमा आफ्नो स्तर सुधार गर्नुपर्नेछ । एन्जेलो म्याथ्युज, लसिथ मालिंगा, थिसरा परेराजस्ता अनुभवी खेलाडीले आफ्नो लय भेट्टाउन सकिरहेका छैनन् । अष्ट्रेलियाजस्तो टोलीविरुद्ध उनीहरुकै निर्णायक प्रदर्शनको आशा गरिन्छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26