
विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलमा पाँच खेल
विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार छ खेल सम्पन्न भएको छ । बुधबार भएको खेलमा दिव्य दृष्टि वि, भदौरे एफसी, वि–१३ बाझापाटन, एलजी एशोसियशन र तारा एफसी क्वाटरफानइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा दिव्यदृष्टिले दोव्रे एफसीलाई १–० ले पराजित ग¥यो । दिव्यदृष्टिका क्षितीज कार्कीको गोल नै निर्णायक भयो ।त्यस्तै भदौरे एफसीले साझा एफसीलाई १–० ले पराजित ग¥यो । भदौरेका सागर गुरुङले एक गोल गरे । वि–१३ वाझापाटनले मालेपाटन एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । वि–१३ का अभिनाष तमा·ले ह्याट्रिक गर्दा मनोज गुरुङ र सञ्जय जलारीले समान एक÷एक गोल गरे । खेलमा अभिनाषको यो दोस्रो ह्याट्रिक हो ।
एलजी एशोसियसनले एलसी वद्रर्सलाई १–० ले पराजित गर्दै गर्दा अन्तिम खेलमा तारा एफसीले फो टु फायवलाई पनि १–० ले पराजित ग¥यो ।एलजी एशोसियसनको तर्फबाट सिद्धार्थ रञ्जित र तारा एफसीको तर्फबाट गोविन थापाले एक÷एक गोल गरे ।बिहीबार एकता एफसी र संगम एफसी, विष्णुपादुका क्लब पहेलो र माटेपानी, भलाम एफसी र विटी एफसी, सेभेन ऐट गाइज र एलजी एशोसियन तथा रेष्ट्रोरेसन चर्च र तारा एफसीबीच खेलहुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ ।‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।तियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26