ताजा खबर

वीरेठाँटीमा आजदेखि फागु पूर्णिमा मेला शुरु

   ५ चैत्र २०७५, मंगलवार २१:५९      1,249 views

श्रीभद्र पौडेल

अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा वीरेठाँटीमा फागु पूर्णिमा मेला मंगलवारबाट सुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी बयोबृद्घ समाजसेवी कप्तान कुलबहादुर गुरुङले समाज बनाउने दायित्व सबैको भएको भनाई राख्दै संस्कार र संस्कृतिलाई कसैले पनि भुल्न नहने बताए ।उनले आफु बाचुञ्जेल आफ्नो क्षेत्रको विकासमा लागि पर्ने पनि जनाए ।


विशेष अतिथी नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा क्लवका वरिष्ठ सल्लाहकार देवेन्द्रकुमार शेरचनले परापूर्व कालदेखि वीरेठाँटीमा मेला लाग्दै आएको चर्चा गर्दै वीरेठाँटीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यका साथ मेला गरिदै आएको स्पष्ट पारे ।

वडाध्यक्ष विजय गुरुङले मेला महोत्सवलाई प्रबद्र्घन गर्ने सोचमा वडा कार्यालय रहेको जनाउँदै गाउँपालिकाले मेलालाई सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे । त्यस अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति दाङसिङका अध्यक्ष तिलबहादुर गुरुङ, वीरेठाँटी माविका प्रधानाध्यापक प्रेमबहादुर थापा लगायतले पनि भनाई राखेका थिए ।

कार्यक्रममा कलाकार सुरेन्द्र गुरुङ, तुलसा क्षेत्री तथा स्थानीय सलिना गुरुङ लगायतले प्रस्तुति राखेका थिए ।


मेलाका आकर्षणमा अन्तर गाउँपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी, रस्सा कस्सी, छेलो प्रतियोगिता, हिमाली सांस्कृतिक परिवारको प्रस्तुति लगायत रहेको क्लवका सल्लाहकार देवेन्द्रकुमार शेरचनले जनाएका छन् ।


क्लवका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव अतित गुरुङले स्वागत तथा संचालन स्थानीय भुमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेजप्रसाद शर्माले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284