ताजा खबर

वैशाख ७ गते म्ले क्यु हेर्न जाऊ है

   २ चैत्र २०७५, शनिबार १५:१२      2,656 views

स्टार्स स्टुडियो प्रा.लि.को व्यानरमा निर्माण भएको तमू भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) आगमी २०७६ साल वैशाख ७ गते शनिबार पोखरामा प्रर्दशन हुने भएको छ ।

जसु गुरुङको निर्देशनमा बनेको चलचित्रले तमू जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । रोशन गुरुङको कथा रहेको चलचित्रमा माओत्से गुरुङको पटकथा र मुख्य अभिनय रहेको छ । यस्तै रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

वैशाख ७ गते पोखरा स्थित विन्दवासीनी चलचित्र मन्दिरमा चलचित्रको १२ बजे र ३ बजे गरि दुई सो हुने चलचित्रका निर्देशक जसु गुरुङले जानकारी दिनुभएको छ । यसअघि चलचित्रको पहिलो प्रिमियर सो प्रवासी भूमि हङकङमा गत मार्च ३ तारिखमा सम्पन्न भई सकेको छ । हङकङक शहरको जोर्डन स्थित याउमा ताई कम्यिुनिटी हलमा भएको प्रदर्शन त्यहाँ स्थित तमू समुदायको व्यापक सहभागिता रहेको थियो ।

हङकङ नेप्लिज तेक्वान्दो फ्रेडेशनको आयोजनामा भएको सो प्रदर्शनीको तमू टहो ह्युल हङकङका अध्यक्ष विजय गुरुङ, तमू समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङजाली कान्छा), तमू प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष टिका गुरुङ(राधिका), गुरुङ फिल्म एशोसियन हङकङका अध्यक्ष रोशन गुरुङ लगायतले संयुक्त रुपमा रिवन काटेर प्रदर्शनीको उदघाटन गर्नुभएको थियो ।

चलचित्र प्रदर्शनका लागि निर्देशक जसु गुरुङ, नायिका द्धय रिया गुरुङ र धनमाया गुरुङ र आर्थिक व्यवस्थापक रोशनी गुरुङ हङकङ पुगेका थिए । चलचित्रको टोलीलाई त्यहाँ स्थित विभिन्न संघ संस्थाले सम्मान गर्नुका साथै चलचित्रलाई सहोग समेत गरेका थिए ।

हङकङ नेप्लिज तेक्वान्दो फ्रेडेशनका अध्यक्ष सिनियर मास्टर गणेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन आर्थिक व्यवस्थापक तथा मादी न्युजका सम्पादक रोशनी गुरुङले सञ्चालन गर्नुभएको थियो भने निर्देशक जसु गुरुङले चलचित्रको बारेमा आफनो भनाई राख्नु भएको थियो ।

यसैबीच चलचित्र यहि चैत्र महिनाको अन्तिम साताको शुक्रबार नवलपरासीको सुनुवलमा र अन्तिम शनिबार रुपन्देहीको खैरनीमा प्रदर्शन हुने भएको छ । त्यसपछि पोखरा हुँदै क्रमशः दमौली काठमाडौ लगायत नेपालका विभिन्न भाग तथा विदेशमा पनि प्रदर्शन गरिने निर्देशक जसु गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284