ताजा खबर

शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएसँगै जनकल्याण मा.वि. बन्यो मादीको उत्कृष्ट विद्यालय

   १८ असार २०८१, सोमबार १६:३९      1,035 views

पोखरा
कास्कीको मादी गाउँपालिका वडा नं. १० मकैखोलमा रहेको जनकल्याण माविबाट यसवर्षको (एसइई) परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।


विद्यालयबाट परीक्षा दिएका १६ जना छात्रछात्रामध्ये सबै जना विद्यार्थी उत्कृष्ट अंक सहित परीक्षामा उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक बोधराज बास्तोलाले जानकारी दिनुभयो ।


देशभरिबाट आधाभन्दाबढी विद्यार्थी अनुत्तिर्ण हुँदा जनकल्याणले भने शतप्रतिशत नतिजा हात पारेको छ । गाउँपालिकाले प्रकाशित गरेको तथ्यांक अनुसार जनकल्याण मा.वि.ले औसात जिपिए ३.०६ प्राप्त गरी मादी गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनेको छ ।


यस्तै मादी ४ तारकाङमा रहेको धु्रव मा.वि. दोस्रो बनेको छ । ध्रुवबाट यसवर्ष एसइई परीक्षामा २१ जना विद्यार्थी सहभागी भएकोमा १९ जना विद्यार्थी उत्तीर्ण भई ९०.५ प्रतिशत विद्यार्थी उत्र्तिण भएको छ । । धु्रव मा.वि.ले औसत जिपिए २.८८ प्राप्त गरेको छ ।


यस्तै मादी ११ सैमाराङमा रहेको राष्ट्र ज्योति मा.वि. तेस्रो बनेको छ । राष्ट्र ज्योति मा.वि. बाट परिक्षामा १० जना विद्यार्थी सहभागी भएकोमा ६ जना विद्यार्थी उत्तीर्ण भई ६० प्रतिशत विद्यार्थी उत्र्तिण हुन सफल भएको छ । राष्ट्र ज्योति मा.वि.ले औसत जिपिए १.७० प्राप्त गरेको छ ।


नतिजा अनुसार मादीको कुल १० वटा माध्यामिक विद्यालय मध्ये जनकल्याण मा.वि.ले यसवर्ष ऐतिहासिक नतिजा प्राप्त गरेसँगै पालिकाकै उत्कृष्ट विद्यालय बनेको हो ।


यसैबीच गाउँपालिकाले विद्यालयमा पढाई हुने पाँच वटा मुख्य विषयहरु अङग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयको नाम पनि सार्वजानिक गरेको छ । जस अनुसार जनकल्याण मा.वि.ले विज्ञान तथा प्रविधि विषयमा औसत जिपिए ३.०४ प्राप्त गरी प्रथम हुन सफल भएको छ ।


यस्तै अङग्रेजी र नेपाली विषयमा ध्रुव मा.वि. प्रथम भएको छ । ध्रुवले अङग्रेजीमा औसत ३.०४ जिपिए प्राप्त गरेको छ भने नेपालीमा ३.३९ जिपिए प्राप्त गरेको छ ।
त्यसैगरी गणित विषयमा राष्ट्र ज्योति मा.वि.प्रथम भएको छ । राष्ट्र ज्योतिले औसत जिपिए ३.२० प्राप्त गरेको छ ।


यस्तै मादी ६ तप्राङमा रहेको महारुद्र मा.वि. सामाजिक विषयमा प्रथम भएको छ । महारुद्रले औसत जिपिए ३.०५ प्राप्त गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284