ताजा खबर

शब्दमा व्यक्त गर्न नसकेको भुम्लिचोक प्रचार–प्रसारको पर्खाईमा

   ११ पुष २०७५, बुधबार १९:५३      2,704 views

देवराज गुरुङ/गोरखा हाल काठमाडौं
पछिल्लो समय विश्वका मानिसहरु नयाँ पर्यटकीय स्थानको खोजिमा छ । जसलाई पर्यटकको भाषामा भर्जिन स्थान भनिन्छ । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सक्ने ल्याकत भएका कंैयन पर्यटकीय स्थलहरु छन् । तर, देशभर रहेका पर्यटकीय सम्भावना बोकेका स्थलहरुबारे उचित सोधी–खोजी र प्रचारप्रसारमा राज्य तथा यसका सरोकारवाला निकायहरुले ध्यान नदिँदा त्यस्ता सम्भावना बोकेका क्षेत्रहरु भिल्लको देशमा मणि बराबर बनिरहेका छन् । प्रचार–प्रसारको अभावमा पर्यटकीय सम्भावना बोकेर पनि चर्चामा आउँन नसकेका त्यस्तै कंैयन स्थलहरुमध्येको एक हो गोरखाको भुम्लिचोक । गोरखाको दक्षिणी भेगमा पर्छ भुम्लिचोक । गण्डकी गाउँपालिका वडा नं. ६ मा पर्ने भुम्लिचोक समुद्री सतहबाट लगभग १ हजार ६ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा कैंयन स्थलहरु छन, जसले सहजै पर्यटक तान्न सक्ने ल्याकत बोकेका छन् । तर, राजधानीबाट नजिकैको दूरीमा भए पनि यो क्षेत्रको मनोरम स्थलहरुको मजा लिन कमैले मात्र भ्याएका छन् ।
काठमाडौंको व्यस्त दैनिकी अनि उत्तिकै अस्तव्यस्तता । उपत्यकामा बसोबास गर्ने जोसुकैलाई पनि काठमाडौंको यो पट्यारलाग्दो बसाइँबाट केही समयका लागि भने पनि नजिकै गएर ‘मुड फ्रेस’ गर्ने चाहाना हुन्छ । तर, नजिकै त्यस्तो मुड फ्रेस गर्न कहाँ जाने ? धेरैको चिन्ता यहीँनिर र यस्तै हुन्छ । तर, अब चिन्ता नगर्नुस, भुम्लिचोक राजधानीबाट नजिकैको दूरीमा छ । जहाँबाट तपाईंले भरपुर आनन्द मात्रै लिन सक्नुहुने छैन, मनोरम दृश्यावलोकनपछि तपाईंलाई भन्न बाध्य बनाउँनेछ – आहा, भुम्लिचोक । प्रकृतिक सौन्दर्यका साथै यसठाउँबाट मनोरम हिमाली दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । विशेष गरेर मनासलु, गणेश र अन्नपूर्ण हिमश्रृंखलाहरु यसठाउँबाट अवलोकन गर्न सकिन्छ । गुरुङ, मगर, चेपाङ र नेवारहरुको सँस्कृति यो क्षेत्रको अर्को आकर्षण हो । तल्लो क्षेत्र अर्थात त्रिशुलीको किनार वरिपरि चेपाङ जातिको बसोबास रहेका छन् । उनीहरुको रीतिस्थिति र रहन सहन पनि अवलोकन गर्न सकिन्छ ।
दर्शनीय क्षेत्र यतिमै कहाँ सकिन्छ र ? यो स्थानको सबैभन्दा हेर्न दर्शनीय ठाउँ भैरवी मन्दिर र चउर हो । भैरवी मन्दिरको आफ्नै धार्मिक महत्त्व रहेको छ । त्यसको साथै भैरवी चउर आर्कषणको अर्को गन्तव्य हो । चारैतिर जङगलले घेरिएको उक्त चउर प्रकृतिको अनुपम उपहार नै हो भन्दा फरक पर्दैन । जहाँबाट मनासलु गणेश र अन्नपूर्ण हिमाल प्रष्टदेख्न सकिन्छ । जङगलमा दुर्लभ वन्यजन्तुका साथै चराचुरुङगिहरु समेत अबलोकन गर्न सकिन्छ । रतुवा मृग यस स्थानको सबैभन्दा आर्कषक पक्ष हो । यस क्षेत्रमा अवलोकन गर्न जादा रतुवा मृगको बथान समेत देख्न सकिन्छ ।
अर्कोपक्ष भनेको जातिय संस्कार र सँस्कृति हो । तल्लो क्षेत्रमा चेपाङ जातिको संस्कार र सँस्कृतिहरु अवलोकन गर्न सकिन्छ । गोरखा, चितवन, धादिङ र मकवानपुर जिल्लामा मात्र चेपाङ जातिको बसोबास रहेको छ । गोरखा जिल्लामा पनि चेपाङहरुको बसोबास दक्षिणि क्षेत्रकोहरु घ्याल्चोक, भुम्लिचोक, ताङलिचोक, मकैसिङ र ताक्लुङमा मात्र रहेका छन् । भुम्लिचोको माथिल्लो क्षेत्रमा गुरुङहरुको कौर्हा, मगरहरुको घाँटु र नेवार समुदायको लाखे नाच यो क्षेत्रको अर्को विशेषता हो । त्यसैले यसक्षेत्र जैविक, प्राकृतिक र साँकृकिरुपले धनी मानिन्छ । इको पर्यटनको विकास गर्नेका साथै उक्त स्थलको पर्यटनप्रवधर्न गर्ने उद्धेश्यले जिल्ला विकास समिति गोरखाले गएको आर्थिक वर्षमा घ्याल्चोकको बेनिघाट ताङलिचोकसम्म टे«किङ रुटको समेत स्थापना गरेका छन् । उक्त रुट धार्मिक स्थल मनकामना हुँदै गोरखा सदरमुकामसम्म विस्तार गर्ने योजना रहेको छ । सो रुटको सबैभन्दा आर्कषणको केन्द्र हो भुम्लिचोकको भैरवी चउर । पृथ्वीराजमार्ग अन्र्तगत चितवनको फिस्लिङबाट झोलुङ्गे पुल पार गरेर यस क्षेत्रको यात्रा सुरु गर्न सकिन्छ । त्यहाँबाट कच्ची सडकमा करिब १० किमी को यात्रा पश्चात यो स्थानमा पुग्न सकिन्छ । पर्यटकहरुले साधनको रुपमा आफ्नो मोटरसाईकल प्रयोग गर्न सकिन्छ । स्थानिय रुपमा चल्ने गाडीहरुले पनि १०० रुपैया भाडामा उक्त स्थानमा पुर्याउने गर्छन् ।
काठमाडौंबाट ९० किमीको दूरीमा छ । भुम्लिचोक सार्वजनिक सवारीमा जान चाहनेले कलंकीबाट गाडी चढ्न सक्नेछन् । भुम्लिचोक जान बसको भाडा २ सय रुपैयाँ छ । यति भाडा तिरेपछि चितवनको दारेचोक गाविसको फिस्लिङमा लगेर बसले छाडिदिनेछ । त्यसपछि झोलुंगे पुल तरेर भुम्लिचोक पुग्न सकिन्छ । आफ्नै व्यक्तिगत गाडीमा जाने साेंचमा हुनुहुन्छ ? चिन्ता नगर्नुस, गाडी लिएर जानेहरुका लागि अर्को सुरक्षित रुट पनि छ । आफ्नै सवारी साधन हुनेहरु धादिङको बेनीघाटबाट पुल तरेर दर्बुंग, ताम्लिचोक हुँदै पनि भुम्लिचोक पुग्न सक्छन् । भुम्लिचोक टेकेदेखि नै सुरु हुने तपाईंको रोमाञ्चक यात्रा तपाई भुम्लिचोकको शीर पुग्दासम्म थप उत्कर्षमा पुगिसकेको हुनेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284