ताजा खबर

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट

   २५ माघ २०७५, शुक्रबार ०९:१८      5,402 views

काठमाडौं, शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा १२ वटै बी डिभिजन क्लब सहभागी हुँदैछन् । १२ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइँदैछ ।

समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब छन् भने समूह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् ।

लिगको विजेताले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारी खर्चवापत हरेक क्लबलाई सात लाख उपलब्ध गराइसकेको छ । ‘ए’ डिभिजन लिगमा जस्तै यस पटक ‘बी’ डिभिजनमा पनि रेलिगेसन नहुने भएको छ ।

शुक्रबार उद्घाटन खेलमा दिउँसो साढे १२ बजे झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लब भिड्दै छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284