
शिक्षासेवी ओमप्रकाश गुरुङद्धारा लिखित ‘ताङतिङ मेरो गाउँ’ पुस्तक विमोचन
लेखक एवम् शिक्षासेवी ओमप्रकाश गुरुङद्धारा लिखित पुस्तक ‘ताङतिङ मेरो गाउँ’ को आज पोखरामा विमोचन गरिएको छ ।

मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले पुस्तकको विमोचन गर्दै पुस्तकका लेखक ओमप्रकाश गुरुङ आफूलाई रुचि लागेको क्षेत्रमा पागलले झै लागेर काम गर्ने एक सच्चा र इमानदार व्यक्ति भएको बताउनुभयो ।
लेखकले आफनो जीवनको उर्जाशील समय सबै आफनो गाउँ र त्यस क्षेत्रको शैक्षिक विकासको निम्ती खर्चेको भन्दै उहाँले ताङतिङलाई जुगजुगसम्म भुल्न नसकिने गुण लगाएको बताउनुभयो ।
ताङतिङको विकास र प्रचारको लागि कसैले गीत, कसैले साहित्य, कसैले चलचित्र, कसैले पत्रकारिता र कसैले खेलकुद आदि क्षेत्रबाट योगदान दिएको भन्दै जस जसले ताङतिङलाई आजको ताङतिङ बनाउन सहयोग गरयो उनीहरु सबै बधाईको पात्र हुन भन्नुभयो ।

अब ताङतिङबासीले पर्यटनलाई आफनो जीवन शैली बनाउनुपर्ने भन्दै उहाँले पर्यटन प्रवद्र्धनमा यस पुस्तकले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा पुस्तक माथि टिप्पणी गर्दै पत्रकार अमृत भादगाउँलेले लेखकसँग आफनो लामो समयको निटकता रहेको भन्दै लेखकले सधै आफनो गाउँ ठाउँको विकासको निम्ती चिन्तन मनन गरेको र यसैको फल स्वरुप यस पुस्तकको जन्म भएको बताउनुभयो ।
अर्का टिप्पणीकार एवम् पत्रकार जमुना वर्षा शर्माले पुस्तकले तमू जातिको लाहुरे संस्कृतिदेखि ताङतिङको विगत र वर्तमान अवस्था अनि क्होला सोंथरसम्मको प्रसंगलाई उठान गरेको भन्दै सम्रगमा पुस्तक युवा पुस्ताको लागि अत्यन्तै उपयोगी सामग्री बनेको बताउनुभयो ।
यस्तै लेखक ओमप्रकाश गुरुङले आफू पहिलेदेखि नै लेखन कार्यमा अति नै रुचि रहेको र आफनो निजी ब्लगमा सुरुदेखि नै सयौ लेख रचनाहरु लेख्दै र प्रकाशित गर्दै आएको भन्दै अहिले भने यसलाई पुस्तकको रुपमा प्रकाशित गरेको बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भटराई, नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने लगायतले बोल्नुभएको थियो ।
ताङतिङ गाउँमा जन्मेर डब्ल डिग्री हाँसिल गर्नुभएका ओमप्रकाश गुरुङ ताङतिङमा रहेको हिमालयन मिलन मा.वि.का प्र.अ. हुनुहुन्छ । उहाँले आफनो जीवनको करिब तीन दशक समय ताङतिङको शैक्षिक उन्नयनमा बिताउनु भएको छ ।
पुस्तकमा उहाँले देखेको, भोगेको र सुनेको ताङतिङको विगत र वर्तमानलाई करिब ३० वटा शीर्षकको रचना मार्फत मसिनोसँग केलाउने प्रयास गर्नुभएको छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रम मञ्चका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव माधव पनेरुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26