
शितल चौतारी टोल विकास संस्थामा लम्साल
पोखरा–१७, छोरेपाटनमा रहेको शितल चौतारी टोल विकास संस्थाको १८ औं साधारण सभा तथा ९ औं अधिवेशनले पुनः हरिप्रसाद लम्सालको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाको उपाध्याक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा कृष्णप्रसाद वराल, सहसचिवमा मिना पोखरेल, कोषाध्यक्षमा शंकरप्रसाद वराल, सहकोषाध्यक्षमा मित्रराज वराल र सदस्यहरुमा आनन्दप्रसाद अर्याल, विष्णुकुमारी थापा र शोभा खत्री चयन भएका छन् ।
त्यसै गरी लेखा समितिको संयोजकमा धर्मराज वराल, सदस्यमा वेदप्रसाद ढकाल र धर्मराज अर्याल तथा कर्जा लगानी संयोजकमा जयबहादुर पौडेल र सदस्यमा राजेन्द्रप्रसाद आचार्य र रामप्रसाद ढकाल चयन भएका छन्।
सो अवसरमा पोखरा १७ का कार्यवहाक अध्यक्ष बैकुण्ठ भण्डारी, सल्लाहाकार तुलसीराम वराल, पुर्व अध्यक्ष धर्मदत्त तिमिल्सिना, राधाकृष्ण मन्दिरका अध्यक्ष पं. पुण्यप्रसाद वराल, दुर्गा मन्दिरका अध्यक्ष पदमबहादुर थापा, छोरेपाटन टोल सुधार समितिका सचिव लक्ष्मी अधिकारी, स्याङ्जाली सम्पर्क समितिका महासचिव धर्मराज अर्याल, मानव सेवा आश्रमका प्रमुख होमनाथ तिमिल्सिना, साधारण सदस्य कृष्णप्रसाद लम्साल, शितल चौतारी आमा समुहकी अध्यक्ष हरिमाया वरालले शुभकामना मन्तव्य दिएका थिए।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52