ताजा खबर

संचारिका समुह गण्डकी प्रदेशले पत्रकार सुष्मा पौडेल र प्रतिक्षा शर्मालाइ पुरस्कृत गर्ने

   १९ चैत्र २०७७, बिहीबार १८:०५      834 views

संचारिका समुह गण्डकी प्रदेशले प्रदान गर्दै आएको संचारिका पत्रकारीता पुरस्कार २०७७ बाट यस वर्ष संचारिका समूह गण्डकी प्रदेशका पुर्व अध्यक्ष सुष्मा पौडेललाइ पु्रस्कृत गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा, ब्रोडकास्टीङ एशोसियसन नेपाल (बान) की केन्द्रिय हासचिव दुर्गा अधिकारी र नेपाल आदिवासी जनजाती पत्रकार समुह (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबि आस्था मगर सदस्य रहेको छनौट समितिले उक्त पुरस्कारका लागि पत्रकार पौडेललाइ छनौट गरेको हो ।


पत्रकार सुष्मा पौडेल विगत डेढ दशक देखि पत्रकारीता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ विसं २०६६ साल देखि २०६९ सम्म संचिारका समूह गण्डकी प्रदेश (साविक पश्चिमांचल)को अध्यक्ष रहेर काम गरिसक्नुभएको छ । उहाँले पोखराबाट प्रकाशन हुने आदर्श समाज राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन , पोखरा एफ एम लगायतका संचारमाध्यममा आवद्ध भएर काम गर्नु भएको थियो । उहाँ हाल रेडियो जननीसँग आवद्ध हुनुहुन्छ ।


पत्रकारीता क्षेत्रमा महिलाको सक्रियता, सवलता र नेतृत्व क्षमता बृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले पोखराका सामाजिक व्यक्तित्व तथा पोखरा किन्डर गार्डेन बिद्यालयका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षकोष मार्फत यो पुरस्कार स्थापना गर्नु भएको हो । पुरस्कारको राशि रु २५ हजार , एक सय एक रुपैंया र सम्मानपत्र रहेको छ ।


संचारिका समूह गण्डकी प्रदेशले बिसं २०७१ साल देखि हरेक दुइ दुइ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पत्रकारीता क्षेत्रमा अनुभवि, संचारिका समुहमा संस्थागत योगदान दिएका र संचार क्षेत्रमा क्रियाशिल पत्रकार महिलालाइ यो पुरस्कार प्रदान गर्दै आएको छ ।


त्यसैगरि उक्त छनौट समितिले संचारिका समुह गण्डकी द्धारा प्रदान गरिंर्दै आएको गुरुङ ब्युटि एकेडेमी जर्नलिज्म अर्वाड २०७७ बाट यस वर्ष क्रियाशिल पत्रकार प्रतिक्षा शर्मालाइ पुरस्कृत गर्ने निर्णय गरेको छ । शर्मा संचारिका समुह स्यांजा जिल्ला सचिव हुनुहुन्छ । उहाँले विगत लामो समय देखि कान्तिपुर दैनिकमा आवद्ध रहि पत्रकारीता गर्दै आउनुभएको छ ।

पत्रकार महिलालाइ क्रियाशिल र पेशा प्रति जिम्मेवर बन्न हौसल दिने उद्देश्यले बि सं २०७१ सालमा चर्चीत सौंदर्य व्यवसायि चिनु गुरुङले आफ्नो कम्पनी गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गर्नु भएको थियो । यो पुरस्कारको राशि रु १० हजार रुपैंया र सम्मानपत्र रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284