ताजा खबर

संजिवनी सिस्टर्स नेपालद्वारा सुझाव संकलन

   १७ श्रावण २०७६, शुक्रबार ०७:११      1,554 views

संजिवनी सिस्टर्स नेपालले बुधवार पोखरामा परिचय तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।“छोरी बुहारीलाइ पढाऔं, उज्वल भविष्य बनाऔं” मुल नाराका साथ स्थापनाको तयारीमा रहेको संजिवनी सिस्टर्स नेपालले संस्थापक सदस्यहरुको परिचय तथा पोखरामा सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रस्तावित संस्था संजिवनी सिस्टर्स नेपालकी तदर्थ समिति अध्यक्ष बीना गुरुङले संस्थाको अवधारणागत जानकारी दिनुहुदै संजिवनीले असहाय, अपहेलना, दुर्गम क्षेत्र र गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपरेको बालिका, छोरी चेली, बुहारीको शैक्षिक पुर्नजिवन दिने बताउनुभयो। संजिवनी “छोरी बुहारीलाई पठाऔं, उज्वल भविष्य बनाऔं”मुल नाराका साथ सेवा जुट्ने संस्था हुने दावी गर्नुहुदै असहाय, अपहेलित र गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपरेको बालिका, छोरी चेली, बुहारीलाइ शिक्षाको अवसर प्रदान गर्न केयर होम स्थापनाको लक्ष्य समेत रहेको उहाँले बताउनुभयो।

विश्वमा अहिले पनि ६२ करोड महिला अशिक्षित र नेपालमा करिब ५६ प्रतिशत महिला असाक्षर रहेको तथ्यांकले देखाइरहेको अवस्थामा संजिवनी सिस्टर्स नेपाल स्थापना गरी अवसरबाट बञ्चित छोरी, बुहारीलाई शिक्षित गर्ने संस्थागत पहल गरिने अध्यक्ष गुरुङले बताउनुभयो। सुसभ्य समाज निर्माण तथा विकासका लागि छोरी चेली शिक्षित हुनुपर्दछ उहाँको भनाई थियो।

समाजमा केही न केही योगदान पु¥याउदै आएका हामी दिदिबहिनीहरु मिलेर संस्था स्थापनाको पहल गरिरहेका छौं, संजिवनी सञ्चालनका लागि धेरै कठिनाई, समस्या र दुःखकष्ट भए पनि अवसरबाट बञ्चित भएका छोरी चेली, बुहारीलाई शिक्षा प्रदान गर्न पाए आत्मसन्तुष्टिले आफुहरु आनन्दित बन्ने उहाँको भनाई थियो।

संस्था विधिवत स्थापनाको तयारी भईरहेको छ भन्नुहुदै अध्यक्ष बीना गुरुङले साधारण सदस्यका लागि २५ हजार, अक्षयकोषदाता सदस्यका लागि १ लाख र मानार्थ सदस्यका लागि १० लाख वा भन्दा बढी आर्थिक÷भौतिक सहयोग गर्नुपर्ने प्रावधान राख्ने बताउनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284