ताजा खबर

संस्कृति बचाउ अभियानमा फेवा

   ३ पुष २०७५, मंगलवार ०७:०६      3,579 views


पोखराको फेवा टेलिभिजनको प्रस्तुतीमा फेवा चौतारी कार्यक्रमबाट ५० हजार ५० रुपैया आर्थिक संकलन भएको छ । संस्कृति बचाऔं अभियान अन्र्तगत टेलिभिजनको सो कार्यक्रम मार्फत संकलित उक्त रकम दुबै मृगौला पिडित रन्जना विकलाई सहयोग गरिएको छ ।
हालै पोखराको बुद्धचोक स्थित कान्तिपुर पार्टी प्यालेसमा भएको कार्यक्रमबाट संकलित उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेल, प्रवन्ध निर्देशक लिलबहादुर जिसीले मृगौला पिडित विकका आफन्त शंकर सुनारलाई हस्तान्तरण गरेका हुन । गरिब परिवारकी विकको हाल काठमाण्डौंको सुमेरु हस्पिटलमा उपचार भईरहेको उनका आफन्त सुनारले जनाए । टेलिभिजनले सांगीतीक कार्यक्रम मार्फत संकलन भएको उक्त रकम सहयोग गरेकोमा सुनारले फेवा टेलिभिजन सहित सहयोगी हात प्रति धन्यवाद दिदै उक्त सहयोगले विकको उपचारमा धेरै रहात हुने विश्वास व्यक्त गरे । 


कास्कीका प्रमुख जिल्ला अधिकारी बुडाले टेलिभिजले समाचार, मनोरन्जन मात्र नदिइ नेपालको गाँउ बस्तीमा पुगेर असाय तथा गरिब एवं विपन्न बर्गको हितमा सहयोग गर्दै आएकोमा धन्यवाद दिदै यस्तो अभियान जारी राख्न आग्रह गरे । उनले आफु कास्कीमा रहदा शान्ति सुरक्षा र अमय चयन गराउन कटिवद्ध रहेको जनाए । कास्कीको काहुँ डाँडाबाट सुरु भएको फेवा चौतारी कार्यक्रम पुर्वको ईलाम देखि पश्चिमको अर्घखाँचीसम्म पुगेको टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले बताए । उनले भने “ नेपाली मौलिक संस्कृती बचाउदै, हाम्रो अभियान हरेक गाँउ बस्तीमा पुग्ने लक्ष्यका साथ लागेका छौं, सवैको साथ र सहयोगले अनाथ तथा असायको क्षेत्रमा केहि सहयोग गर्न पाएका छौं । ”
कार्यक्रममा कलाकारहरु माया गुरुङ, सरिता सारु मगर, रामजी पौडेल, निश्चल दवाडी, श्रीमान थुलुङ, धनबहादुर गायक लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । उनिहरुले गित मार्फत रन्जनालाई सहयोग गर्न अपिल गरेका थिए ।
फेवा टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार साँझ ९ बजे प्रशारण हुने कार्यक्रम फेवा चौतारीले संस्कृति संरक्षण संगसंगै सामाजिक कार्यमा पनि सक्रिय रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284