
सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र राखियो
सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र जीएनएनएस (ग्लाेबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) जीपीएस राखेको छ ।

ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ ।
बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
नापी विभागको तर्फबाट रविन कार्की, गाईड छिरिङजाङबु शेर्पा लगाएतले शिखरमा यन्त्र जडान कार्य सम्पन्न गर्नुभएको हो । शिखरमा यन्त्र जडान गरेसँगै अन्य विभिन्न स्थानमा यस अघि नै राखिएका यन्त्रहरुसँग कनेक्सन गरिएको छ ।
टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरमा यन्त्र कनेक्सनको काम गरिरहेका छन् ।
शिखरमा राखेको यन्त्रसँग सोलुखुम्बुको पत्ताले लगायतका विभिन्न स्थानमा राखिएका यन्त्रसँग भएका तथ्याङकहरुले विश्लेषण गरेपछि मात्र सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्ने यस अघि नै नापी विभागले बताएको थियो ।
तथ्याङकलाई अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले तथ्याङकलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाइ टुङ्गो लगाउन कम्तीमा ६ महिना लाग्ने नापी विभागले यस अघि नै बताइसकेको छ ।
यसअघि सन् १८५६ मा बेलायतका जर्ज एभरेष्टले सर्वे गरी ८,८४८ मिटर अग्लो रहेको निष्कर्षसहित विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । उनकै नामबाट सगरमाथाको नाम माउण्ट एभरेष्ट राखिएको हो । यसको नेपाली नाम सगरमाथा बाबुराम अचार्यले राखेका हुन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26