ताजा खबर

सञ्चारिका समुहको नयाँ कार्यसमितिको पदस्थापन

   ३ पुष २०७५, मंगलवार ०७:५७      2,804 views


पोखरा, ०२ पुस
सञ्चारिका समुह गण्डकी प्रदेशको नयाँ कार्यसमितिको सोमबार पोखरामा पदस्थापन तथा सपथ ग्रहण गराइएको छ । समुहका नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सञ्चारिका समुहका संस्थापक तथा निर्वाचन समितिका संयोजक दुर्गा भण्डारी, समितिका सदस्य भगवती पहारी, प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल लगायतले पदस्थापन गराएका हुन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक भण्डारीले सपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै महिला पत्रकारको गुणात्मक अभिवृद्धिका लागि अघि बढ्न सुझाव दिए । उनले आत्मविश्वासलाई बलियो बनाएर अघि बढ्न सुझाउँदै कार्यकालको सफलताको कामना गरे ।

निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले सञ्चारिका समुहको निर्वाचन कानुनगत र पूर्ण प्रक्रियागत भएको बताइन् । समितिका सदस्य तथा अधिवक्ता भगवती पहारीले सम्पूर्ण महिलालाई समेटेर अघि बढ्न आग्रह गरिन् ।नवनिर्वाचित अध्यक्ष स्मिता अधिकारीले आफु र आफ्नो समुह महिलाको संख्यात्मक र गुणात्मक सहभागीता बढाउन लागी पर्ने बताइन् । उनले तर्कपूर्ण पत्रकारिताको लागि महिला पत्रकारको क्षमता बढाउने खालको कार्यक्रम ल्याउने बताईन् ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य माधव पनेरु, प्रेस चौतारीका अध्यक्ष माधव बराल, सञ्चारिका समुहका पूर्व अध्यक्ष सुष्मा पौडेल, निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा लगायतले कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा सञ्चारिका समुहका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्माले निर्वाचित अध्यक्ष स्मिता अधिकारीलाई पद हस्तान्तरण गरेकी थिइन् ।निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तथा अधिवक्ता भगवती पहारीले गरेकी थिइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284