ताजा खबर

सडक महोत्सवमा दर्शको चाप ह्वात्तै बढ्यो

   १६ पुष २०७५, सोमबार १०:११      1,696 views

रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा दर्शको चाप ह्वात्तै बढेर आएको छ । महोत्सव तेश्रो दिन आइपुग्दा सडकमा अवलोकनकर्ताहरुको निकै भिड लागेको छ । त्यसैगरि महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि खचाखच दर्शकले भरिएको छ ।आइतबार तमुहरुको पर्व ल्होसरको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएका कारण पनि ल्होसर मनाइसकेकाहरु त्यसपछि सडक महोत्सवतिर आउँदा दर्शकहरुको उपस्थिती एक्कासि बाक्लिएको हो ।

महोत्सवमा आइतबार प्रजापति पराजुली, प्रिति आले, जीवन दाहाल, राजन कार्की, प्रेमराज अधिकारी, शिवहरी ढुंगाना र लक्ष्मी नेपालीको लोकदोहोरी प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएको थियो भने भद्रगोलका जिग्री र पाँडेले दर्शकहरुलाई पेट मिचि मिचि हाँस्न बाध्य बनाए ।

सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ जारी २० औ पोखरा सडक महोत्सवमा आइतबार रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत वेटरहरुविच दौड प्रतियोगिता सम्पन्न भयो । यसअघि शनिबार सम्पन्न डुँगा दौडमा स्विमिङपुल घाट ए प्रथम, बाराही घाट द्धितिय तथा फेवा घाट तृतीय भए । बोट रेसमा प्रथमले नगद १५ हजार, द्धितियले नगद ८ हजार तथा तृतीयले नगद ५ हजार पुसरुकार प्राप्त गरे ।रस्साकसीमा होलिग्यान्स नेपाल टिम प्रथम, गौरीघाट टिम द्धितिय भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार तथा द्धितियले नगद १० हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, सदस्य विश्वराज पौडेल, टान उपाध्यक्ष सुसिल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सवमा सोमबार टुरिष्ट रेस, स्टाफ रेस लगायतका प्रतिस्पर्धाहरु हुने खेलकुद उपसमिति संयोजक विकास भट्टराईले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284