
सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कार पत्रकार कृष्ण आलेलाई प्रदान गरिने
यसबर्षको सन्तोष लामिछाने स्मृति पत्रकारिकता पुरस्कार पत्रकार कृष्ण आलेलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखामा स्थापना गरिएको उक्त पुरस्कार पत्रकार महासंघको ६५ औं स्थापना दिवसको अवसर पारेर चैत १६ गते प्रदान गरिने भएको हो ।
पुरस्कारको राशी ३ हजार ५ रुपैयाँ र साथमा सम्मानपत्र रहेको छ । सोमबार बसेको पुरस्कार छनौट समितिको बैठकले विगत एक दशकदेखि पत्रकारिता गर्दै आउनुभएका आलेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ, छनौट समितिका सदस्य एवं पुरस्कारका संस्थापक एवं नेपाल पत्रकार महासंघ लमजुङका पूर्वउपाध्यक्ष श्रीकृष्ण लामिछाने र छनौट समितिका सदस्य एवं गतबर्ष पुरस्कृत एवं पत्रकार महासंघ लमजुङ शाखा उपाध्यक्ष बिमला अधिकारीसम्मिलित बैठकले आलेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष समेत रहनुभएका पत्रकार आले रेडियो चौतारीका स्टेशन प्रमुख हुनुहुन्छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08