ताजा खबर

सन्ध्यामा जम्यो गजलको मेहफिल

   १२ माघ २०७५, शनिबार १९:२९      2,718 views

पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन् । वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका हुन् ।


गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ । गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन भर्खर सुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने ।


गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे । निमैला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्चियो । कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाए । उनले ताली र वाहवाही बटुले ।


डा. वसन्त गौतम, लक्ष्मण थापा, सञ्जीव पौडेल, कपील शर्मा, अल्पज्ञानीका गजलले उस्तै मायामात्रै पाएन, हाँसो र माहोललाई रोमाञ्चक बनायो । कार्यक्रममा रुपिन्द्र प्रभावीले बाल गजल सुनाए । बालिका अभिलासी, देवी त्रिपाठी, शिव शंकल्प, अनिका सापकोटा, कमलराज रेग्मी, ईश्वर सुवेदी, सरोज केसी लगायतले गजल वाचन गरे ।


गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले सन्ध्याले चलाउँदै आएको गजल वाचनको एक पाठशालामात्रै नभएर निरन्तर चल्ने अभियान भएको बताए ।
सन्ध्याका सचिव वसन्त विनोदले सन्ध्याले गर्ने गजल वाचनको शृंखला सिक्ने, वाचन गर्ने र सुन्ने साझा थलो भएको बताए । सन्ध्या र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपाली स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ ।


‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर माघको शृंखलामा स्याङ्जाको कोल्माबहाकोटसम्म पोखरा, तनहुँ र आसपासका अक्षरयात्री जाने अध्यक्ष सुवेदीले बताए । कोल्माका होमस्टे गाउँमा पुगेर अक्षरयात्रीले तद्स्थानीय सिर्जना सुनाउने छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284