
सफल एक्सपो पोखर मेलाबाट ३ लाख ८७ हजार आम्दानी
पोखरा । पोखरा उद्योग वाणिज्य संघले गएको मंसिरमा आयोजना भएको ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला,२०७५’ बाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत गरेको जनाएको छ ।

मेलाको हिसाब किताब सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलामा ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएकोमा विभिन्न शीर्षकमा गरी ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च हुँदा सो रकम बचेको जानकारी गराएका हुन् । अध्यक्ष अधिकारीले बचेको रकम सामाजिक काममा लगाउने उद्घोष गरे । उनले मेला आफ्नो उदेश्यमा सफल भएको दावी पनि गरे ।
‘मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्नु हाम्रो मूख्य लक्ष थियो’, उनले भने,‘ हामी हाम्रो उदेश्यमा सफल भएका छौँ र मेलालाई अझ परिष्कृत गर्दै अगाडि बढ्ने लक्ष्य लिएका छौँ ।’ उनले यसो भनिरहँदा आउदो वर्षको पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा नयाँ संस्करणको मेला आयोजना गरिने घोषणा पनि गरे ।
उनका अनुसार संघले अब पुरानै नाम अर्थात राष्ट्रिय औद्योगिक व्यापार मेला’ को ब्राण्ड प्रयोग गरी मेला आयोजना गर्नेछ । यो वर्ष नयाँ प्रयोग गरिए पनि आम पोखरेलीहरुको मुखमा झुण्डिँदै आएको पुरानो नामबाटै मेला गर्न सुझाव आएकोले त्यसो गरिएको उनले जिकिर गरे
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38