
सफल सहकारीद्धारा मानव सेवा आश्रमलाई सहयोग
पोखरा, पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार पाँच सय रुपैया नगद सहयोग गरेको हो । आश्रममा आज आयोजित एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष हरिप्रसाद बास्तोलाले आश्रमका सहसंयोजक राजन सापकोटालाई सो रकम हस्तान्तरण गर्नुभयो ।
डेढ महिने शिशुदेखि ९० बर्ष उमेर समूहका ९० जना आश्रित व्यक्ति एवम् सात जना सेवकसेविका रहेको आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । खुला आकाशमुनि सडकका किनारा एवम् सार्वजनिक स्थालमा कष्टपूर्ण जीवन यापन गर्न वाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरि पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।

२०७४ साल चैत महिनामा स्थापित भै सञ्चालनमा आएको संस्थाले हालसम्म खुला आकाश मुनि सडकमा मागी खाने र मनोरोगी दुई सय ५५ जनाको उद्धार गरेको र ती मध्ये ८० जनालाई घर परिवारमा पुर्नस्थापित गरिएको संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो ।
सो अवसरमा सहकारीका संचालक समितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरुले आश्रममा आश्रित सम्पूर्ण परिवारलाई भोजन गराउनु भएको थियो । (रासस)
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26