समर लभ आख्यानमाथि बनेको उत्कृष्ट फिल्म, निर्देशक
नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोली प्रचारकै क्रममा बुधबार पोखरा आईपुग्यो । यो टोलीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म उत्कृष्ट बनेको भन्दै हलमा पुगेर हेरिदिन दर्शकसमक्ष आह्वान गर्यो ।
आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास समर लभकै कथामा बनेको यो फिल्मलाई आफूले सकेसम्म न्याय दिने प्रयास गरेको यसका निर्देशकले बताए । यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यसअघि उनले नाई नभन्नु ल को सिरिज अन्तरगत एउटा फिल्म निर्देशन गरिसकेका छन् ।
‘मलाई थाहा छ नेपालमा आख्यानमाथि बनेको फिल्म राम्रो चलेका छैनन् । अझै भनौँ पुस्तकलाई न्याय गर्ने गरि पनि बनेका छैनन् ।’ पत्रकार सम्मेलनमा निर्देशक ढकालले भने–‘तर यो फिल्मलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु ।’ उपन्यासको कुनै पात्र अथवा परिवेशलाई फिल्ममा तोडमोड नगरिएको पनि उनले प्रस्ट पारे ।
फिल्म करिब साढे २ करोड रुपैयाँ लगानीमा निर्माण भएको यसको निर्माण यूनिटले जनाएको छ । नेपालसँगै सिंगापुर, नर्वे लगाएतका मुलुकमा पनि यो फिल्मको छायाँकन भएको छ । फिल्ममा अतित शर्माको भुमिकामा अभिनेता आशिष पिया देखिएका छन् भने सायाको भुमिकामा रेवती क्षेत्री देखिएकी छन् ।
बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा अतितको भुमिकालाई आफुले सक्दो न्याय गर्ने प्रयत्न गरेको आशिषले बताए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09