ताजा खबर

समाजसेवा गर्न तन, मन र धन चाहिने रहेछ

   ५ पुष २०७५, बिहीबार १३:११      2,691 views

जुमकाजी गुरुङ÷उपाध्यक्ष तमू धीं यु.के.

अत्यन्त मिहिनेती, सरल र सहयोगी स्वभावका जुमकाजी गुरुङको बेलायतका नेपाली समुदायमा छुट्टै पहिचान छ । सन् २००७ देखि सामाजिक संस्थामा जोडिएका गुरुङ गत नोभेम्बर १७ मा भएको तमुधिं युकेको अधिवेशनबाट १० औं कार्यसमितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । तमू धीं यु.के.को हेम्प्सायर इकाइ सदस्य, उपाध्यक्ष, अध्यक्ष र सन २०१५–२०१६ को आठांै कार्य समितिमा कोषाध्यक्षको भूमिका निभाएका थिए । उनी कोषाध्यक्ष छँदा भूकम्पपीडित सहयोगार्थ १ करोड बढी सहयोग रकम संकलन गर्न सफल भए । उनकै सक्रियतामा उठाइएको ५० लाख रुपैयाँको लागतमा तमुधिं युकेले धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. ६ को खादिङस्थित हिमालय सरस्वती आधारभूत विद्यालय भवन निर्माण गरेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय गुरुङ बुबा स्व.सुनार गुरुङ र आमा मनसुवा गुरुङको कोखबाट पर्वतको ताङ्लेमा जन्मिएका हुन् । २०३६ सालमा ब्रिटिस आर्मीमा भर्ती भएका उनले १८ वर्षे सेवापश्चात् अवकाश पाए । अहिले परिवारसहित बेलायत बस्छन् जुमकाजी ।

तमुधिंयुकेका अलावा रामबजार सोसाईटी युकेका अध्यक्ष, तमु संसार त्रैमासिक पत्रिकाका सल्लाहकार, लोकबहादुर स्मृति प्रतिष्ठानको संरक्षक र तमु कल्चरल फोरमका कोषाध्यक्षसमेत हुन् । खादिङमा निर्माण गरिएको पाँचकोठे भवन उद्घाटनको मेसो पारेर नेपाल आएका समाजसेवी जुमकाजी गुरुङसँग पत्रकार टीकाराम तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

यो पटक नेपाल आउनुको मुख्य उद्देश्य के थियो ?

दुई कारणले यो चोटी नेपाल आएँ । पहिलो, द क्वीन्स गोर्खा इन्जिनियरको ७० औं वार्षिकोत्सव मनाउन । जुन हामीले गत मंसिर ८ गते शसनिबार पोखरामा भव्य र सभ्य रुपमा मनायौं । अर्काे कारण, तमुिधं यकुेले धादिङको दगुर्म क्षेत्र रुबिभ्याली गाउँपालिका ६ खादिङमा बनाएको हिमालय सरस्वती आधारभूत विद्यालय भवन समुद्घाटनका लागि नेपाल आएको हुँ । सो कार्यक्रम मंसिर २८ गते नै सम्पन्न गरको थियो । कार्यक्रमका लागि तमुधिं युकेका वर्तमान अध्यक्ष ज्ञामबहादुर गुरुङ, नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष हरि गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, निवर्तमान अध्यक्ष रामचन्द्र (सुर्जे गुरुङ, कार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ, भीम गुरुङलगायत अग्रज र सहकर्मीहरु पनि आउनुभएको थियो ।

खादिङमा विद्यालय निर्माण योजनाबारे भनिदिनोस् न ?

२०७२ वैशाख १२ मा नेपालमा गएको महाभूकम्पबाट भएको क्षति र नेपालीलाई परेको पीडामा केही गरौं भनेर तमुधिं युकेले सहयोग रकम उठाएको थियो । त्यतिबेला हामी एक करोड ५० लाख उठाउन सफल भएका थियांै । त्यसमध्य े एक कराडे ११ हजार १ सय ११ शष्ो घले अध्यक्ष हुँदा एनआरएनए आईसीसीमार्फत हस्तान्तरण गरेका थियौं । बाँकी पैसा के गर्ने भन्ने सल्लाह हँुदा पाहार ट्रष्ट नेपालसँग मिलरे खादिङमा एउटा विद्यालय भवन बनाउने निर्णय गरेका थियौं । पाहार ट्रस्टको प्राविधिक सहयोग, स्थानीयको जनश्रमदानमा ५ कोठे भवन बनायौं । सो भवन बनाउन ६० लाख ३५ हजार ५ सय ११ रुपैयाँ लाग्यो । भवनका लागि तमुधिंले च्यारिटीमार्फत ५० लाख उठाएको थियो । विद्यालय भवन बनाउने काम कति समय लाग्यो ? तमुिध युकेकोे आठांै कायर्स मितिमा म कोषाध्यक्ष थिएँ । र, नवांै कार्यसमितिमा आफ्नै व्यस्तताले कुनै कार्यकारी पद लिइनँ, सल्लाहकारको रुपमा मात्रै थिएँ । अहिले १० आंै कार्य समितिमा भने उपाध्यक्षमा निर्वाि चत भएको छु ।

६ महिनाभित्र विद्यालय भवन बनाइसक्ने लक्ष्य थियो । तर, वर्षाको समय र ढुवानीको समस्याका कारण ८ महिनामा निर्माण सकायौं । भवन भूकम्प आएकै दिन पारेर गत २०७५, वैशाख १२ गते तमुधिंका अध्यक्ष ज्ञामबहादुर गुरुङ लगायतले शिलान्यास गरेका थिए । मंसिर २८ गते भवन उद्घाटन ग¥यांै । तपार्इं तमुिध युकेको उपाध्यक्ष, रामबजार सोसाइटी युकेको अध्यक्ष जस्ता महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, सामाजिक कार्य गर्नचाहिँ कसरी प्रेरित हुनुभयो ? सामाजिक कार्य गर्नुपर्छ भन्ने ठूलो श्रेय एकेन्द्र गुरुङ सरलाई दिन चाहन्छु । म सन् १९८० सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएर गोर्खा इन्जिनियरमा थिएँ । सन् १९९६ मा अवकाश पाएँ । कारणवश म युकेमै रहेँ । बालबच्चा स–साना हँुदा सामाजिक सेवाको काम गर्ने कुरा भएन । जब २००७ मा हेमसायर इकाई स्थापना भएपछि, म उपाध्यक्ष, अध्यक्ष हुँदै तमुधिं युकेको आठांै महाधिवशेनबाट काष्ोाध्यक्षमा निर्वाचित भएको थिएँ । अहिले तमुिधकंो दसौं कार्यसमितिमा फेरि उपाध्यक्षको जिम्मेवारी पाएको छु । हाम्रो नयाँकार्यसमितिले यही पुस १५ गतेको तमु ल्होछारबाट जिम्मेवारी सम्हाल्न पाउँनेछ ।

सेवा गर्नलाई आर्थिक अवस्था पनि मजबुत हुनुपर्छ होला नि ?

युके जस्तो ठाउँमा बसेको छु । आर्थिक भन्ने कुरा गाह्रो छ । त्यहीं कमायो, त्यहीं रमायो भनेजस्तै हो । बेलायतमा हरेक महिना तलब आउँछ, त्यो त्यहीं सीमित हुन्छ । श्रीमान्, श्रीमती नै कमाउने भए पनि खर्च धान्न गाह्रैपर्छ । तर पनि भाग्यको कुरा, म अवकाश प्राप्त गोर्खा आर्मी भएकोले पेन्सनका कारण मद्दत पु¥याउँछ । सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन, मन र धन चाहिने रहेछ ।

कुनै व्यक्तिलाई उद्धार गर्न पाउँदा मेरो मन साह्रैहर्षित हुन्छ । झन्डै एक दशकदेखि सामाजिक संघसंस्थामा रहेर काम गर्दै आउनुभएको छ, ती संस्थाहरुले स्थापनाकालमा लिएका उद्देश्य पूरा भएको महसुस गर्नुहुन्छ ? अवश्य, हामीले गरेका कामहरु प्रायः सफल भएजस्तो लाग्छ । हामीले तमुिध ं युके मार्पmत गोर्खा कप चलाउँछांै नेपाली मेला, लाइफ मेम्बर डिनरनाइट, ल्होछार जस्ता कार्यक्रम वर्षेनी सञ्चालन गर्छौं । त्यस्तै, मातृभूमि नेपालमा कुनै किसिमका प्राकृतिक विपत्ति वा संकटकालीन अवस्था आयो भने हामीले आर्थिक सकंलन गररे पठाइरहको हुन्छौ । विदेशमा रहरे पनि नेपाल र नेपालीलार्ई सहयागे गर्न अभैm तत्पर छांै ।

सामाजिक संस्थाबाहेक जुमकाजी गुरुङको छुट्टै पहिचान हुने काम गर्नुभएको छ ?

ताङल्ीकोट समाज भन्छ, जनु सस्ंथा मेरो बाबाले नै सरुु गर्नुभएको हो । उहाँकै पाइला पछ्याउँदैछु । त्यस लगायत गाउँमा मैले धेरै खालका योगदान दिँदै आएको छु । विद्यालय भवन बनाउने, ताङ्लीकोट समाजकै भवन बनाउने जस्ता धेरै योजना, आयोजनामा सहयोग दिएको छु । म रामबजार सोसाइटी युकेको अध्यक्ष पनि हँु । जनु सस्ंथामाफर्त धेरैकाम गर्ने मौका पाएँ । अक्षयकोष निर्माण, जेष्ठ नागरिकका लागि योगदान दिएका छौं । यिनै कामहरुका कारण मातृभूमि नेपाल र आफ्नो गाउँ समाजमा धेरैयोगदान दिएको छु जस्तो लाग्छ ।

तपाईहरुको पुस्ता देशको सेवामा समर्पित हुनुपर्छ भनेर लाग्ने तर प्रवासमा रहेका नयाँपुस्ता सहयोग गर्न तयार नभइरहेको अवस्थामा उनीहरुलाईआकर्षित गर्न के गर्नु पर्ला ?

समाजसेवा गर्ने एउटा उमेर हुदैछ । जब म ३० वर्षको थिए, त्योबेला आफ्नै संसार थियो । ३५ मा म रिटायर्ड आर्मी भएँ । त्यसपछि मेरो केटाकेटी हुर्किँदै आए । जब मेरो उमेर ४० सुरु भयो । ४० वर्षको उमेरदेखि समाज सेवागर्नुपर्छ भन्ने लाग्न थाल्यो । नयाँ पुस्ता पनि ४० वर्ष पुगेपछि समाजसेवामा अवश्य आउँछन् भन्ने मलाई लागेको छ ।

नेपालमा प्रवासी संस्था, संगठन र दातृनिकायले समेत सहयोग गर्दा भेगीय हिसाबले एकैतिर मात्र केन्द्रित भयो भन्ने गुनासो सुनिन्छ । तमुधिं युकेले दूरदराजमा सहयोग पु¥याउने विषय सोच्ला ?

तमुधिं युके एउटा जातीय संस्था भएर पनि हामीले गुरुङलाई मात्रैमद्दत दिनुपर्छ, पश्चिमतिर मात्रै मद्दत दिनुपर्छ भनेर कहिल्यै पनि सोचेकाछैनौ । तमुिध युकेकोे उपाध्यक्ष र रामबजार सोसाईटीको अध्यक्षको नाताले नेपालमा संकट आइपरेको बेलामा के गुरुङ, के गैर गुरुङ छुटयाएका छैनौ । हामीले सबैलाई मद्दत पु¥याउँदै आईरहेकाछौं । हामीले इराकमा मारिएका १२ नेपालीको शव नेपाल ल्याउन पनि १२ लाख सहयोग गरेका थियौं । भूकम्प आउँदा प्रधानमन्त्री राहत कोषमा १० लाखरुपैयाँ सहयोग गरेका थियौं ।

त्यस्तै, रोल्पामा बाढी पहिरो आउँदा ३ लाख ५० हजार दियौं । भने पछि तमू धीं युके एउटा जातीय संस्था भएर पनि गरै जातिलाई हेर्नुहुँदैन भन्ने भावना कहिल्यै पनि जागेन ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284