
समाजसेवी कुँवरद्धारा सिद्ध मा.वि.को अक्षयकोषका लागि रकम हस्तान्तरण
पोखरा १५ स्यानिपाटन निवासी समाजसेवी एवं धार्मिक व्यक्तित्व क्या. हरिकृष्ण कुँवरले आफ्नो स्व. धर्म पत्नी सेतु कुँवरको सम्झनामा सिद्ध माध्यमिक विद्यालयको अक्षयकोषका लागि रु ५० हजार ५ रूपैयाँ प्रदान गर्नु भएको छ ।
आफ्ना बालबालिकाहरुले अध्ययन गरेको विद्यालयमा उनीहरुको उज्ज्वल भविष्यको कामना सहित एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरिएको हो । कुँवर दम्पतीका छोरा किरण कुँवर, छोरीहरु शोभा कुँवर, गीता कुँवर र आशा कुँवर रहेका छन् ।

विदयालय व्यवस्थापन समितिका अध्यक्ष प्रकश पौडेल, सदस्य रामबहादुर केसी र प्रधानाध्यापक गुरुदत्त कोइरालाको उपस्थितिमा अक्षयकोष दाता हरिकृष्ण कुवरले सो रकम हस्तान्तरण गरेका हुन् ।
साथै विद्यालयका शिक्षक प्रतिनिधि शिवहरि पाण्डेले १ हजार लिटरको पानी ट्याङ्की विद्यालयलाई प्रदान गरेका छन् भने उनलाई पनि विद्यालयले धन्यवादसहित सम्मान गरेको थियो ।

पोखरा १५, फलेपाटनस्थित सिद्ध मा.वि.ले बिद्यालयको समग्र शैक्षिक सुधार एवं गरिब बिपन्न परिवारका बालबालिकाहरुका लागि छात्रवृत्ति, शैक्षिक सामाग्रीहरु बितरण गर्ने गरी बिद्यालयमा अक्षयकोष सञ्चालन गर्दै आएको छ ।
उक्त अक्षय कोषको व्याजले हरेक वर्ष आर्थिक रुपमा विपन्न र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । इच्छुक दाताहरुलाई जुनसुकै समयमा पनि उक्त अक्षय कोषमा सहयोग गर्न सकिने व्यवस्था रहेको विद्यालयले जनाएको छ ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38