ताजा खबर

सयपत्री सहकारीको १४ औं वार्षिकोत्सवमा खुल्ला रक्तदान

   २० श्रावण २०८०, शनिबार ०८:४१      200 views

सयपत्री बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गतको १० औं खुल्ला रक्तदान आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।


पहिलो रक्तदाता सूर्यप्रसाद घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छन् ।


सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सभामा रजिष्टार कार्यालयका अधिकृत वाग्लेले थोपा थोपा रगतको महत्व भएजस्तै सवै सेयर सदस्यको दायित्वलेमात्र सहकारी सक्षमरुपमा सञ्चालन हुने बताए । बजारमा सहकारीको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए ।


नाफा भन्दा पनि सेवामा जोड दिन सयपत्री सहकारीलाई आग्रह गर्दै कर्मचारीको भरमा विश्वास नगर्न आग्रह गर्दैै वित्तीय अवस्थाको जानकारी महिनामा एक पटक आफै आएर नियाल्न अनुरोध गरे ।


कार्यक्रममा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कार्माचार्यले ७ सिद्धान्तको आधारमा सञ्चालन हुने सहकारीले कर्मचारी, सञ्चालक समिति र सेयर सदस्यबीच मैत्री भावलेमात्र सहकारी अघि बढ्ने बताए ।

५३ जना रक्तदाताले रगत दान गरेको कार्यक्रममा सयपत्री सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला (मधु), जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, सयपत्री सहकारीका पूर्व अध्यक्ष विश्वराज बास्तोला लगायतले बोलेका थिए ।


सयपत्री सहकारीको वित्तीय अवस्था जानकारी दिँदै व्यवस्थापक विकास सुवेदीले १६ करोड ६५ लाख ४२ हजार १ सय रुपैयाँ सेयर पुँजी रहेको जानकारी दिए । उनले कुल निक्षेप १ अर्व ४८ करोड ८७ लाख २३ हजार २ सय २० रुपैयाँ रहेको बताए

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284