ताजा खबर

सर्पले डसेर विरामी भएका मादी ६ का विशाल पौडेलको उपचारमा २६ लाख संकलन, सहयोग अभियान सम्पन्न

   २८ आश्विन २०७७, बुधबार ०८:४९      1,245 views

सर्पले डसेका मादी–६ तप्राङका १३ वर्षीय विशाल पौडेलको उपचारका लागि रु २६ लाख २५ हजार २ सय ३ रुपैंयाँ सहयोग रकम जम्मा भएको छ ।

पौडेलको उपचारमा रकम अभाव भएपछि विशाल पौडेल बचाउ अभियान मार्फत अभियन्ताहरुले स्वदेश तथा विदेशमा गरी सो बराबरको रकम सङ्कलन गरेको थियो ।


गत साउन २८ गते राती घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा ४२ दिन उपचारपछि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।


शुरुआतमा परिवार आफैँले उपचार खर्चको व्यवस्थापन गरेपनि उपचार प्रक्रिया लम्बिदै जाँदा परिवारले सहयोगको हात थापेका थिए ।

मादीवासीले बालकको उपचारमा रकम जुटाउन ‘विशाल पौडेल बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सङ्कलन समिति गठन गरेका थिए । सो समितिमा आवद्ध भएर अभियन्ताहरुले रकम जुटाउने काम गरेका थिए ।

अभियानले हिजो पोखरामा एक कार्यक्रम गरी रकम हालसम्म उठेको रकम सार्र्वजनिक गरेको हो । अभियानका संयोजक योगबहादुर क्षेत्री (रवि)ले अभियान समाप्त भएको जानकारी दिँदै कोही कसैले सहयोग गर्न चाहेमा परिवारसँग सम्पर्क गराइदिने बताए ।

उनले भने,“ रकम अभावमा परिवारले बिरामीलाई घर फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा सबै मिलेर उपचारका लागि रकम सङ्कलन गर्न सम्भव भयो र अहिले उपचार भइरहेको छ । अभियानलाई साथ दिने स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक तथा शुभचिन्तकहरुप्रति समितिको तर्फबाट आभार व्यक्त गर्दछु ।”

क्षेत्रीका अनुसार समितिबाट हालसम्म परिवारलाई रु ७ लाख ५४ हजार १७० बिरामीका आफन्तलाई प्रदान गरिएको र समितिको खातामा जम्मा भएको रकम पौडेलको उपचारमा खर्च गरिने छ ।

बिरामीका दाजु विजय पौडेलले पोखरा तथा काठमाडौँसम्म उपचारमा अहिलेसम्म रु १२ लाख हाराहारीमा खर्च भएको जानकारी दिँदै बिरामीले हात खुट्टा चलाउने लगायतका गतिविधि शुरु गरेकाले स्वास्थ्यमा सुधार हुँदै गएको बताए ।

उनले भने,“डाक्टरले काठमाडौँ लैजान भनेपछि रकम अभावमा घर फिर्ता ल्याउनुपर्ने अवस्थामा सबैको साथ र सहयोगबाट अहिले भाईको राम्रो उपचार भइरहेको छ । अझै कति दिन अस्पताल बस्नुपर्छ, खर्र्च कति लाग्छ भन्ने एकीन छैन ।”

मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले रकम अभावमा बिरामीको उपचारमा समस्या भएको अवस्थामा युवाहरुले स्तःस्फूर्त रुपमा अभियान सञ्चालन गरी रकम जुटाउने पुण्य काम गरेको बताउँदै गाउँपालिकाले आगामी दिनमा यस्ता भइपरी आउने घटनामा राहत सहयोग उपलव्ध गराउन कार्यविधि बनाइने बताए ।

अध्यक्ष गुरुङले भने,“गाउँपालिकाबाट सहयोग गर्ने चाहना हुँदा हुँदै पनि सकिएको छैन, आगामी दिनमा यस्ता घटनामा सहयोगका लागि कार्यविधि र कार्यक्रम बनाउँछौँ ।”

कुनै भेग, जाति, क्षेत्र तथा राजनीति भन्दा माथि उठेर बिरामीको उपचारमा सघाउन अभियान सञ्चालन हुनु सहनीय रहेको बताउँदै उनले रकम संकलन तथा बिरामीको स्वास्थ्यमा सुधार भएबाट सबैलाई जस मिलेको उल्लेख गरे ।

कार्यक्रममा मादी वडा नं ६ का वडाध्यक्ष पसबहादुर बास्तोलाले दुर्लभ घटना घटेको बताउँदै सबैको सहयोगबाट उपचारमा मद्धत पुगेको बताए ।
मादी ४ का वडाध्यक्ष सत्यराज सापकोटाले उत्साहजनक रुपमा सहयोग रकम संकलनबाट मादीमा आगामी दिनमा आर्थिक अभावमा कोही पनि उपचारबाट बञ्चित हुनु नपर्ने सन्देश दिएको बताए ।

कार्यक्रममा समाजसेवी तप्रे तमू समाजका सल्लाहकार भीमकाजी गुरुङ, पवित्रा गुरुङ, अभियन्ता तथा पौडेलका आफन्त सन्तोष अधिकारी तथा अभियानका सहसंयोजक विकास क्षेत्री लगायतले सहयोग दाताप्रति आभार व्यक्त गरेका थिए ।

अभियानका संयोजक योगबहादुर क्षेत्रीका अनुसार भीमकाजी गुरुङ , दुर्गा बहादुर गुरुङ ,मिन पाण्डे , खिम बहादुर जिसी , आस्मिन श्रेष्ठ , रामप्रसाद ढुङ्गाना , हामी गर्न सक्छौ सहयोगी हातहरु , राजकुमार बराल , कृष्ण बहादुर क्षेत्री ,झलक पोखरेल , शिव प्रसाद बराल , भोजराज पौडेल , खुम प्रसाद बराल , कास्की समाज बराईन , युवराज बराल , रिकेश गुरुङ , दान बहादुर गुरुङ , दिल गुरुङ , अनिल पौडेल , दिपक परियार ,सन्तोष अधिकारी सन्तोष अधिकारी (क ),दिलबहादुर क्षेत्री लगायतले रकम जुटाउने अभियानको नेतृत्व लिएका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284