ताजा खबर

सहकारी मैत्री नीति निर्माण गर्न बागलुङ नगरपालिकालाई जिल्ला संघको आग्रह

   ४ असार २०७७, बिहीबार १७:३६      929 views

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सहकारी क्षेत्रलाई प्राथमिकता दिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।

 नेपालको संविधान २०७२ को भावना अनुसार सहकारी क्षेत्रको भूमिका देखिने गरी नीति तथा कार्यक्रम बजेट बनाउन भन्दै जिल्ला सहकारी संघले बिहीवार १५ बुदे सुझावपत्र पेश गरेको छ ।

सुझाव पत्र पेश गर्दै संघका अध्यक्ष दिपक गौतमले समृद्ध नगरपालिका निर्माणका लागि सहकारीहरु साझेदार बन्न तयार रहेको बताउनु भयो । उहाँले नगरपालिकाले संविधानको मर्म र भावना अनुसार तीन खम्बे अर्थनीतिको जगमा रहेर नीति निर्माण गर्ने र सहकार्य गर्ने विषयमा ध्यान दिनु पर्छ । 

जिल्ला सहकारी संघले स्थानीय तहको आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्थानीय राजस्व परामर्श समितिमा सहकारी क्षेत्रको समेत पदेन सदस्य हुने ब्यबस्था गर्नुुपर्ने, वित्तीय सेवाको पहुँच बिस्तार गर्न तालिम शिक्षामा बजेट बिनियोजन गर्नुपर्ने, 

सहकारी संघ/संस्थाहरूलाई एकिकरणका लागि प्रोत्साहित गर्न स्थानीय सरकारले लिने बिभिन्न प्रकारका दस्तुर एवम् करमा छुट लगायतका अन्य सुविधाहरू उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, विभिन्न निकायहरूबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता सहकारीबाट वितरण हुने व्यवस्था गर्नु पर्ने सुझाव पत्रमा उल्लेख गरिएको छ ।
 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284