ताजा खबर

सांसद मनबहादुर गुरुङद्धारा खिलाङमा मोटरबाटोको उदघाटन

   ७ माघ २०७५, सोमबार ०९:४५      3,071 views

तस्विर सौजन्य टिकाराम गुरुङ खिलाङ
कास्कीको मादी गाउँपालिका १ खिलाङमा नवनिर्मित मोटरबाटोको उदघाटन गरिएको छ । दुध पोखरी ग्रामीण सडक अन्तरगत पर्ने उक्त मोटरबाटो सुपरमादी हाइड्रो पावरको आर्थिक सहयोगमा निर्माण भएको हो ।

गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले एक समारोहका बीच सो मोटरबाटोको रिबन काटेर उद्घाटन गर्नभयो । सो अवसरमा बोल्दै उहाँले खिलाङ गाउँको विकासका लागि आफू सधै तयार रहेको भन्दै सुपरमादी हाईड्रो पावरको तर्फबाट खिलाङ गाउँको स्थानपति आधारभूत विद्यालयका लागि ५ लाख र नवनिर्मित बाटोको स्तर उन्नतिको लागि १ लाख रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) र सुपरमादी हाइड्रो पावरका प्रबन्धक पुष्पा ज्योती ढुङ्गनाले कार्यक्रममा सामुहिक रुपमा दिप प्रज्वलन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख गुरुङले खिलाङको कुलिस्योमा बाटो ढलानको लागि गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार रुपैंया सहयोग गर्ने वचन दिनुभयो ।


बाटो निर्माण समतिका अध्यक्षले इन्द्रबहादुर गुरुङले खिलाङ विद्यालयको गेटबाट पुर्जु हुँदै गाउँमाथिको नौलीप्रोमा पुरानै बाटोसँग जोडिने गरि बाटो निर्माण गरिएको जानकारी दिनुभयो ।


कार्यक्रममा खिलाङ तमू समाज पोखराका सचिव पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो भने मादी गाउँपालिका १ का वडा अध्यक्ष सुरज कुमार गुरुङ, काहुँखोला सिक्लेस सडकका अध्यक्ष गोलमान गुरुङ, खिलाङ तमू समाज पोखराका उपाध्यक्ष मिनबहादुर गुरुङ लगायतले आफनो भनाई राख्नुभएको मादी गाउँपालिका १ का वडा सदस्य एंव खिलाङका स्थानिय बासिन्दा टिकाराम गुरुङले जानकारी दिनुभयो ।


कार्यक्रममा खिलाङ तमू समाज पोखराका चार ट्होको चेलीबेटीहरुबाट ४० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो भने खिलाङ तमू समाज पोखराबाट ६० हजार, समाजसेवी नरकाजी गुरुङबाट ११ हजार, सिक्लेस निवासी नारायण गुरुङ (ठकुरी)बाट ५ हजार सांसद मनबहादुर गुरुङकी माईली बहिनी ईश्वरी गुरुङबाट ५ हजार, सिक्लेस पार्चे कम्यिुनिटी युकेका सचिव टंक मार्टिन गुरुङबाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको कार्यक्रमका समन्वयकर्ता टेकेन्द्र गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सम्पूर्ण सहयोग दाताहरुलाई आयोजकको तर्फबाट बख्खु र भाङग्रा मायाको चिनो स्वरुप प्रदान गरिएको थियो । बाटो निर्मार्ण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन खिलाङ तमू समाजका सदस्य रनध्वज गुरुङले गर्नुभएको थियो ।

करिब १ सय ९९ घरधुरी रहेको खिलाङमा ७६ घरमा दलित जातिको बसोबास रहेको छ भने बाँकी घरमा गुरुङ जातिको बसोबास रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284