ताजा खबर

सांसद मीना गुरुङद्धारा आमाको स्मृतिमा छात्रबृत्ति वितरण

   १९ जेष्ठ २०७६, आईतवार ०९:५१      2,687 views

गण्डकी प्रदेशका सांसद मीना गुरुङले आफ्नी आमाको स्मृतिमा छात्रबृत्ति वितरण गरेकीछन्। आमा धनकुमारी गुरुङ र सानी आमा धनसुब्बा गुरुङको स्मृतिमा सांसद गुरुङले क्यूपेक नेपालको २३औं स्थापना दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजित एक समारोहका बिच गरिब तथा जेहेन्दार दुई जना छात्रालाई छात्रबृत्ति वितरण गरेकी हुन्।

अम्मरसिंह नमुना माविकी कक्षा २ मा अध्ययनरत छात्रा आयुषा पौडेल र सिद्ध बाराही मावि कक्षा ७ मा अध्ययनरत समिक्षा भण्डारीलाई सांसद गुरुङले छात्रबृत्ति स्वरुप जनही ७ हजार ५ सय साथमा शैक्षिक सामाग्रि(झोला र कपि) सहयोग हस्तान्तरण गरेकी हुन्। उनले हरेक बर्ष गण्डकी प्रदेशका दुई जना छात्रालाई यसै गरी छात्रबृत्ति वितरण गर्ने योजना बनाएको बताइन्।


सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हौसला स्वरुप सानो सहयोगको अभियान सुरु गरेको उनले बताइन्। क्यूपेक नेपाल कास्की जिल्ला कमिटिका अध्यक्ष हरीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव तिर्थराज मगरले कार्यक्रम संचालन गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284