ताजा खबर

सागका लागि विच भलिबलको मैदान निर्माण कार्य तिब्र

   २१ कार्तिक २०७६, बिहीबार १८:२३      1,667 views

पोखरा, नेपालमा यहि मंसिर १५ देखि २४ गते आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबल मैदान निर्माण कार्यलाई तिब्रता दिनुका साथै सरसफाई पनि सुरू गरिने भएको छ ।

पोखरा बाराही घाट स्थित विच भलिबलको क्षेत्र संगै फेवाताल किनारको भागलाई जलकुम्भी झार समेत निकाल्ने कार्यलाई तिव्रता दिन पोखरा महानगरपालिकाले सघाउने भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन ।

उक्त क्षेत्रको सरसफाईको अभियानको नेतृत्व भने डुङ्गा व्यवसायी संगठनले लिएको छ । उक्त सरसफाई अभियान संगै रंग–रोङ्गन संगै उक्त क्षेत्रमा विग्रेका बत्तिहरुलाई समेत व्यवस्थित बनाइने उक्त संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीले बताए । ‘हामी पोखरा महानगरको सहयोगमा आइतबार बाट काम थाल्ने छौं’ अध्यक्ष नेपालीले भने–‘साग लाई भव्यताका साथ सम्पन्न गर्न डुङ्गा व्यवसायी आतुर छन ।’

फेवातालको सुन्दरता बढाउन रोपिएका रुखहरुलाई काँट–छाँट गरि थप सुन्दरता बढाइने नागरिक समाजका अगुवा राम बहादुर पौडेलले बताए । उनले भने –‘१३ औं साग सम्पन्न गर्न हामी सबै पोखरेलीहरुको काँधमा जिम्मेवारी आएको छ, यो हामी सबैको लागि ठूलो अबसर समेत हो ।’ उनले डुङ्गा ब्यवसायीहरु संग मिलेर नागरिक समाजले सरसफाईको काममा सघाउने बताए ।

सरसफाई लगाएत उक्त क्षेत्रमा गर्नुपर्ने कामका लागि के कसरी महानगरपालिकाले सघाउन सक्छ भन्नका लागि महानगरका कार्यबाहक कार्यकारी अधिकृत गंगा सुबेदी समेत बिहिबार अनुगमनका लागि पुगेका थिए । ‘महानगर साग आयोजनालाई भब्यता दिन र फेवातालको सरसफाई संगै अन्य अभियानका काममा साथ दिनेछौं ।’ उनले फेवाताल बाट सरसफाईको क्रममा निकालिएको जलकुम्भी र अन्य फोहोरलाई व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने बताए ।

इता बिच भलिबलको काम समेत अन्तिम चरणमा पुगेको संघका अध्यक्ष पराजुलीले बताए । बिच भलिबलका लागि आवश्यक पर्ने ८ सय ४० घन मिटर बालुवा ल्याउन सुरू गरिने उनले जानकारी दिए । आगामी मंसिर १९ देखि २४ गते महिला पुरुष विच भलिबलका लागि ३ वटा प्लेइङ्ग र एउटा प्रशिक्षणका लागि गरि चार वटा कोर्टहरु तयार भइसक्ने उनले बताए ।

राष्ट्रिय खेलकुद परिषदको ५० लाखको सहयोगमा पोखरामा ति कोर्टहरु निर्माण भएका हुन भने त्यस शौचालय निर्माणको काम सकिएको र संगै खेलाडी चेन्जिङ रुम मर्मतको काम पनि २÷३ दिनमा सकिने उनले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284