ताजा खबर

साढे १४ लाखको लागतमा मादी ७ पानीघाटमा बहुउद्देश्यीय भवन निर्माण

   ६ चैत्र २०७५, बुधबार २०:५५      1,351 views

कास्कीको मादी गाउँपालिका वडा नं. ७ पानीघाटमा नवर्निमित बुहद्देश्यीय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले जनताको भावना, चाहना र आवश्यकता तथा समस्यको पहिचान गरि विकासको कामलाई अघि बढाई रहेको बताउनुभयो ।


अब युवाहरुलाई विदेश जाउँजाउँ हुने नभई स्वदेश आउँआउँ लाग्ने बनाउने भन्दै युवा स्वरोजगारको लागि कृषिमा अमुल परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । साथै उहाँले एक गाउँ एक सहकारी र एक वडा एक कृषि सहकारी हुन आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद गायत्री गुरुङले हामी जहाँ जता गएपनि आफनो गाउँ ठाउँको विकास आफै गरेमा यसले गाउँको मात्र नभई प्रदेशकै विकासमा सहयोग पुग्ने बताउनुभयो ।

यस्तै अर्का प्रदेश सांसद मनबहादुर गुरुङले विकसित देशहरुले विकासमा जति चमत्कारिता देखाएता पनि बुद्ध जन्माउन र सगरमाथा बनाउन नसकेको भन्दै नेपाल प्रकृतिक रुपमै भरिपूर्ण देश भएको भन्दै यसको सहि सदुपयोग गर्न सके देश समृद्धि तर्फ अघि बढने बताउनु भयो ।

अहिले जनताको चाहना सरगमाथा भन्दा अग्लो भएकोले तुरुन्तै देखिने प्रतिफल नेता वा सरकारबाट पाउन नसकेको भन्दै आगामी पाँचवर्षसम्म देखिने काम हुने र आफूले चुनाव ताका जनतासँग गरेको प्रतिबद्धता पुरा गरेरै छाडने उहाँले बताउनुभयो ।

यस्तै मादी गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले पानीघाटबासीको आर्थिक सहयोगमा सुन्दर भवन निर्माण भएको भन्दै गाउँपालिकाको तर्फबाट पनि थोरै भएपनि आर्थिक सहयोग गर्नपाउँदा आफूहरुलाई गर्व लागेको बताउनुभयो ।


यस्तै मादी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले पोखराबाट नजिकै रहेको पानीघाटमा विकासको धेरै संभावनाहरु रहेको बताउनुभयो । अब पोखराबाट पानीघाटसम्मको बाटो पिच गर्न र ढाँडबेसी खोलामा तोकिएकै समयमा पुल निर्माणको कार्य सम्पन्न गर्न पहल गर्न प्रमुख अतिथि लगायत प्रदेश सांसदहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा नेताहरु बलकृष्ण गुरुङ, शेरबहादुर गुरुङ, जनकल्याण तमू समाज पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । भवन निर्माण समितिका अध्यक्ष हर्कजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव मिना गुरुङले गर्नुभएको थियो । यस्तै भवन निर्माण समितिका उपाध्यक्ष होमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसैबीच भवन निर्माण समितिका आर्थिक संयोजक लिलबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माणको लागि १५ लाख १५ हजार ८ सय ५५ रुपैंया संकलन भएको र १४ लाख ५० हजार ५ सय ५ रुपैंया खर्च भएको बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284