
साबेत गाउँमा ६० घर परिवारलाई आधुनिक धुवारहित चुलो बितरण
रमेश तमु
नेपाल रेडक्रस सोसाइटी कास्कीले युनिका फाउन्डेसन नेदरल्याण्डको आर्थिक सहयोगमा अन्नपुर्ण गाउँपालिका वडा नम्बर ९ साबेत गाउँमा ६० घर परिवारलाई सुधारिएको धुवारहित चुलो हस्तान्तरण गरिएको छ ।

सोमबार साबेत गाउँमा एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङ प्रमुख आतिथ्यतमा वडा अध्यक्ष बल बहादुर क्षेत्रि वडा सदस्यहरु चन्द्रा कुमारि गुरुङ, सन्तुस्टि बि.क., नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य कमल पौडेल, इन्जिनियर कालिदास सापकोटा,

कार्यक्रम सह-ब्यबस्थापक शुभास सापकोटा, चुलो निर्माण कम्पनिका म्यानेजर नारायण अधिकारीको विशेष उपस्थितिमा साबेतका स्थानीय बसिन्दाहरुलाई एक/एक थान चुलो बितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दाङ्सिङ घान्द्रुक उप-शाखाकि सभापति मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिको तर्फ बाट वडा सदस्य चन्द्रा कुमारि गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो भने शुभास सापकोटाले कार्यक्रम सन्चालन गरेका थिए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52