ताजा खबर

सामुदायिक विद्यालय छात्र/छात्रा भलिवल प्रतियोगिता माघ दोश्रो साता हुने

   १९ पुष २०७५, बिहीबार ११:४०      2,610 views

पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराले संयुक्त रुपमा कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित प्रतियोगिताको तयारी शुरु गरिएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।

स्कुल स्कुलमा भलिवल खेल पु¥याउने लक्ष्यसहित आयोजना हुने प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता रहने पराजुलीले बताए । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि बन्नसक्ने प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ५०÷५० टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक मध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए । उनले प्रतियोगिताले लुकेर रहेका प्रतिभाको प्रतिभा उजागर गर्नुका साथै खेलाडी उत्पादनमा पनि सघाउने विश्वास व्यक्त गरे ।पत्रकार भेटघाट कार्यक्रममा सहभागि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले भलिवल खेलको जग निर्माणका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने बताए । उनले खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रतियोगितामा सहभागि टीम तथा खेलाडीलाई बस्ने, खानेलगायतका सुविधा दिइनुपर्ने धारणा व्यक्त गरे ।

पत्रकार भेटघाटको अवसरमा जिल्ला भलिवल संघका पूर्व उपाध्यक्ष तथा भलिवलका रेफ्रीसमेत रहेका पोखरा समाज अष्टे«लियाका अध्यक्ष राजकुमार अधिकारीलाई भलिवल खेलको विकासमा योगदान दिएको भन्दै दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसैगरी प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५÷५ हजार प्रदान गरिने जनाइएको छ ।त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।प्रतियोगिता सञ्चालन गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्र पौडेलले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284