ताजा खबर

सामूदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

   २२ बैशाख २०७६, आईतवार २१:५७      2,494 views

बाबा फाउन्डेशन नेपालले सामूदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोे छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका सहित कास्की र अन्य जिल्लामा उक्त सामाग्री वितरण गरेकोे हो ।

फाउन्डेशनले पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न लागेको फाउन्डेशनका अध्यक्ष दीलपराज श्रेष्ठले जानकारी दिनुभयो । बाबा फाउण्डेशन नेपाल बि सं २०६५ सालमा स्थापना भई बाल अधिकार संरक्षण र बाताबरण संरक्षणका लागि समर्पित हुदै बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको मुनाफा रहित गैंर सरकारी संस्था रहेको श्रेष्ठले बताउनु भयोे ।


बाल अधिकार संरक्षण र प्रवर्धन तथा बाताबरण संरक्षणले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी बाल अधिकार र बातावरणलाई नै कार्यक्षँेत्र बनाएको संस्थाले हालसम्म एक हजार १०० जना बालबालिका लाभान्वित भैसकेको र यसबर्ष मात्र करीव पाँच सय बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न लागिएको फाउन्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिनुभयो ।

न्युनतम आवश्यकताको अभावमा विद्यालयको पहुँचमा पुग्न नसक्ने विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोशाक आदिमा फाउन्डेशनले सहयोग पु¥याउँदै आएको उहाँले बताउनुभयो ।
यसैबीच फाउन्डेशनले आईतवार मात्रै पोखरा महानगरपालिकाका वडा नं २ स्थित विन्ध्यवासिनी मा.वि., वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मा.वि. एवम् वडा नं १६ का विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284