ताजा खबर

सिक्लेसको अन्नपूर्ण मा.वि.मा १ करोड ७० लाखमा नयाँ भवन बन्ने

   ३ फाल्गुन २०७५, शुक्रबार २२:०९      2,925 views

शिक्षक गेहेन्द्र गुरुङको सहयोगमा

कास्कीको मादी गाउँपालिका वडा नं.१ सिक्लेसमा रहेको अन्नपूर्ण मा.वि.मा लायन्स क्लब अफ पोखरा साङग्रिलाको समन्वय तथा लायन्स क्लब इन्टरनेशनलको आर्थिक सहयोगमा निर्माण हुने ६ कोठे नयाँ विद्यालय भवन निर्माण हुने भएको छ ।


सो विद्यालय भवनको आज एक भव्य समारोहकाबिच गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङ, लायन्स क्लबका पूर्ब गभर्नर दीपक श्रेष्ठ र लायन्स क्लब अफ साङग्रिलाका अध्यक्ष दिपेन्द्र सुबेदीले संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।


कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमराज गुरुङले स्वागत मन्तव्यसहित भवनको औचित्यबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन ज्ञानहरि आचार्यले गर्नुभएको थियो ।


कुल १ करोड ७० लाखको लागतमा निर्माण हुने उक्त भवन बनाउने कामको जिम्मा खानी मिसन जेभीले पाएको छ ।

उक्त कार्यक्रममा सांसद मनबहादुर गुरुङ, डा. कृष्ण भण्डारी, मादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायतका वक्ताहरुले विद्यालयको भौतिक संरचनाको विकाससँगसँगै गुणस्तरीय शिक्षाको महत्वको बारेमा समेत आफनो भनाई राख्नु भएको थियो ।

आज नै मादी गाउँपालिकाका शिक्षा प्रमुख हिमलाल लामिछानेले विद्यालयको निरीक्षण गरि आवश्यक पृष्ठपोषण समेत दिनुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284