
सिक्लेसमा नवनिर्मित विद्यालय भवनको उदघाटन
शिक्षक गेहेन्द्र गुरुङको सहयोगमा
सिक्लेसमा रहेको अन्नपूर्ण माविमा Germany Community Project अन्तर्गतको Lions Club Of Wangen-Isny, Aliud Pharma, Jurgen Winter र Nepal Children Overlack साथै मादी गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित शौचालय सहितको ६ कोठे भवनको समुद्घाटन Jorg Overlack ले गर्नुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमराज गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रम संचालन शिक्षक गेहेन्द्र गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष सुरजकुमार गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रधानाध्यापक शेखरनाथ तिवारी, Umhau German , मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, Bert Overlack ले बोल्नु भएको थियो ।

विद्यार्थीद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको सो कार्यक्रममा सहयोगी संघ संस्था र ब्यक्तिहरुलाई सिक्लेसमा निर्मित भाङ्ग्रा, झोला र सम्मान पत्रले सम्मान गरिएको थियो

यस्तै नयाँ बर्षकै अवसरमा सिक्लेस युवा क्लवको भित्ते पात्रो बिमोचन सँगसँगै शुभकामना आदनप्रदान समेत गरियो । नयाँ बर्ष २०७६ को पुनित अवसरमा सिक्लेसी महिलाको आय आर्जन गर्न र कामलाई अझ सहज बनाउन अल्लो प्रशोधन गर्ने आधुनिक मेशिनको सुरुवात पनि गरिएको छ ।




उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08