ताजा खबर

सिद्ध युवा क्लवको ३१औ वार्षिकोत्सब तथा शिवरात्री मेला सम्पन्न

   २५ फाल्गुन २०७५, शनिबार ०९:५१      3,372 views

मादी ६ चिप्ली गाउँमा रहेको सिद्ध युवा क्लवको ३१औ वार्षिकोत्सब तथा शिवरात्री मेला २०७५ सम्पन्न भएको छ ।

मेलामा खुल्ला बास्केटबल खेल प्रतियोगिता तर्फ मिलन युबा क्लब याङ्जाकोट र गाउँ स्तरीय भलिबल प्रतियोगिता तर्फ जुरेभूमि युवा क्लव तप्राङले उपाधि हात पारेको छ ।
८ समुह सहभागिता रहेको वास्केटबल प्रतियोगितामा थन्कु देउराली युवा क्लव खिलाङ उपबिजेता बन्यो भने १० समूह सहभागिता रहेको भलिबल प्रतियोगितामा शित्तल चौतारी युवा क्लब खत्तेडाडा उपविजेता भएको छ ।


दुबै खेलका उपाधि विजेता समूहलाई नगद ४०, ४० हजार, मेडल, प्रमाणपत्र र ट्रफिले र दुबै खेलका उपविजेता समुहलाई नगद ३०, ३० हजार, मेडल, प्रमाणपत्र र ट्रफिले समापन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल तरुण दल कास्कीका उपाध्यक्ष दीपक गुरुङ, सचिब एवम् विशेष अतिथि नरेण थापा र मादी ३ का वडा अध्यक्ष मनवहादुर गुरुङको हातवाट उक्त पुरस्कार वितरण गरिएको थियो ।


यसैबीच मेलामा आयोजित छेलो प्रतियोगितामा मादी ३ याङ्जाकोटका शरद गुरुङ प्रथम भएको छ । गुरुङलाई क्लवले नगद ५ हजार सहित प्रमाणपत्र र फेटाले सम्मान गरेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तरुण दल कास्कीका उपाध्यक्ष दीपक गुरुङले चिप्ली गाउँमा हालै संचालित होमस्टे प्रवर्द्धन विकास र युवाहरुको लागि तरुण दल कास्की सदैव सहयोगी बन्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

यस्तै विशेष अतिथि तरुण दल कास्कीका सचिव नरेण थापाले बिकासको क्षेत्रमा चिप्ली गाउँ ओझेलमा परेको भन्दै स्थानीय क्लवसंग समन्वय गरि गाउँको बिकास गर्न तरुण दल तयार रहेको बताउनुभयो ।

नेबिसंघ नेता भानु ढकालले गाउँबाट वसाईसराई दिनहुँ बढिरहेकोले चिप्ली गाउँमा यसलाई रोक्न सके बिकास हुन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सिद्ध युवा क्लवले कार्यक्रमका प्रमुख अतिथि गुरुङलाई स्थानीय आमाहरुले बुनेको भाङ्ग्रा लगाई सम्मान गरिएको थियो ।


सिद्ध युबा क्लवका अध्यक्ष विशाल गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रम सचिव सन्तोष गुरुङले संचालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284