ताजा खबर

सुकुम्वासी हटाउन लागिएको बिषयमा संघको ध्यानाकर्षण

   २१ मंसिर २०७५, शुक्रबार ०७:०३      2,375 views


पोखरा, मंसिर २० ।
पोखराको बिभिन्न स्थानमा बसोबासा गरिरहेका सुकुम्वासीहरुको बस्ती उठाउने षडयन्त्र भैरहेको भन्दै अखिल नेपाल सुकुम्वासी संघ, कास्कीले बिरोध जनाएको छ ।
कास्की जिल्ला अध्यक्ष हर्कमान बि.क र सचिव ओम बहादुर पौडेलले संयुत्त रुपमा एक बिज्ञप्ती प्रकाशित गरि पोखरामा बसोबास गरिरहेका ३५ हजार घरधुरी भएका सुकुम्वासीहरुको उचित ब्यबस्थापन तथा लालपुर्जा बितरण गर्न माग गरिएको छ । बेला बेला माफियाहरुले सुकुम्वासीहरु माथि आँखा गाड्ने गरेको भन्दै बिज्ञप्ती मार्फत सबै सुकुम्वासीहरु एक भएर प्रतिकार गर्ने चेतावनी दिइएको छ ।
पोखरा महानगरपालिका वडा नं १४मा रहेको रातमाटे डाँडामा रहेका ८५ घरपरिवारका सुकुम्वासीलाई पनि राज्यले सुकुम्वासी परिचयपत्र बितरण गरि उनिहरुको हालबसोबास क्षेत्रको पनि सुचिकृत गरेपनि अहिले केही ब्याक्तिहरुले आफ्नो जग्गा भएको दावि गर्दे बस्ती हटाउने प्रयास गरेको घटना बाहिर आएपपछि संघले बिरोध गरेको छ । राज्यले बसोबास किटानी सहित सुकुम्वासी आयोग मार्फत उनिहरुलाई सो क्षेत्रमा बसोबास गर्न अनुमति दिईसकेको अबस्थामा रिया जुद्धिन मिया, फजुल मिया करिम मिया, सौकत अलि मियाले जग्गा ओगट्ने मनसायले सुकुम्वासीहरुलाई त्रसित बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीहरुले सार्बजनिक रुपमा जिवन सुरक्षा तथा गाँस,बासको ब्यबस्था गर्न आग्रह गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284