सेञ्चुरी क्लबको चौंथो रक्तदानबाट ६० युनिट संकलन
कास्कीको छोम्रोङमा क्रियाशिल सेञ्चुरी युवा क्लबद्वारा आयोजित चौंथो रक्तदानबाट कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको छ ।
‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा आज (सोमबार) आयोजित उक्त कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी तथा पोखरा १ का अध्यक्ष शारदा पराजुलीले पहिलो रक्तदाता तथा अन्नपुर्ण सेञ्चुरी पर्यटन महोत्सबका संयोजक ललित गुरुङलाई बल्ड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य पहारीले रक्तदान जिवनकै महादान भएको उल्लेख गरे । उनले जो कोही ब्यक्तिलले भुमि र तुला दान दिए पनि रक्तदान जस्तो महादानसँग तुलना गर्न नहुने भन्दै रगत दान गर्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय रक्तसञ्चार केन्द्रमा रगतको कमी भएको बताउदै निरोगी सबैलाई रक्तदान गर्न आग्रह गरे । ‘अहिले बर्षायामको समय भएकाले अस्पतालमा प्राकृतिक प्रकोपमा परेका बिरामीहरु बढि छन्, उनले भने ‘उनीहरुलाई रगतको खाँचो छ तर रगतको अभाव भएकोले रक्तदान गर्न जरुरी छ, त्यसोत यो रक्तदानले केही हदसम्म रगत पुर्ति गर्न टेवा प्ु¥याउनेछ ।
उनले फरक प्रसंगमा नयापुल–घान्दु्रक जोड्ने सडकखण्ड टेण्डर प्रकृया पुरा भएर निर्माण कार्यको थालनी भैसकेको पहारीले बताए । उनले भने, ‘मेरै अगुवाईमा बाटोको काम भएको हो मैले नै हेरेको छ, यसको निर्माणको काम सुरु भैसकेको छ ।’ पहारीका अनुसार उक्त सडकखण्डको लागत २१ करोड रहेको छ ।
त्यस्तै पोखरा १ का अध्यक्ष शारदा पराजुलीले उनले रक्तदान गर्नु आफैको सकरात्मक कुरा रहेको भन्दै सबैले समय समयमा रक्तदान गर्नुपर्ने उल्लेख गरे । उनले हिमालको काखमा क्रियाशिर रहेको सेञ्चुरी क्लबले शहरमा आएर चौंथो पटकसम्म निरन्तर रक्तदान गर्नु उदाहरणीय कार्य भएको भन्दै प्रसंशा समेत गरे ।
कार्यत्रममा अन्नपुर्ण गाउँपालिका ११ का अध्यक्ष हिम बहादुर गुरुङ, नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङ, तमु छोज धि गुरुङ राष्ट्रिय परिषद, गण्डकी प्रदेशका प्रमुख दल बहादुर गुरुङ लगायतले बोलेका थिए ।
राष्ट्रिय माबिका बिद्यार्थी, नर्स, पत्रकार, स्थानियबासी लगायतले रत्तदान गरेको उक्त कार्यक्रममा प्राबिधिक सहयोग क्षेत्रीय रक्त सेवा केन्द्र पोखराको रहेको थियो ।
सोही कार्यक्रममा बिच नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङलाई तमु कलाकार सँघ गण्डकी प्रदेशको अध्यक्ष पदमा निर्बाचित भएको भन्दै सेञ्चुरी युवा क्लबले सम्मान समेत गरिएको थियो ।
क्लबका अध्यक्ष मिकास गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिपक गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने छोम्रोङ पर्यटन ब्यबस्थापन समितिका सचिब दिलिप गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09