ताजा खबर

सेन्ट मेरिज विद्यालयका छात्राहरुबीच नेपाली एकाङकी नाटक प्रतियोगिता सम्पन्न

   २५ भाद्र २०७६, बुधबार १८:२८      1,952 views

पोखरा १५ नयाँ गाउँमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले आज अन्तर सदनात्मक नेपाली एकाङ्गकी नाटक प्रतियोगिता सम्पन्न गरेको छ ।

कक्षा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरु बीच रातो सदन, निलो सदन, हरियो सदन र पहेलो सदन गरी ४ वटा समुहमा नाटक प्रतियोगिता भएको हो ।


विद्यार्थीहरुले नाटक मार्फत समाजका विभिन्न विषयहरुलाई प्रस्तुत गरेका थिए ।
उक्त प्रतियोगितामा रातो सदनले वातावरण सम्बन्धी नाटक प्रस्तुत गरेका थिए भने पहेलो सदनले प्रविधिको सहि सदुपोग गर्दा हुने फाइदाका बारेमा आफनो प्रस्तुति प्रस्तुत गरेका थिए ।


यस्तै हरियो सदनले सामाजिक सञ्जालको गलत प्रयोगले घर परिवार र समाजमा कस्तो खाले असर पर्दछ भन्ने विषयलाई प्रस्तुत गरेका थिए भने निलो सदनले नारी शक्ति विषयमा समाजमा हुने महिला हिसां र त्यसको सामाना कसरी गर्ने भन्ने बारे आफनो प्रस्तुती राखेका थिए ।

नाटकमा विद्यालयका छात्राहरु सञ्जु क्षेत्री मनिका थापामगर, युविका थापा, लक्ष्मी गुरुङ, एलिसा के.सी, सोफिया गुरुङ, सुनिता गुरुङ, नुदन आचार्य, एञ्जल थापा, सृजना गुरुङ, दिया गुरुङ, एञ्जि गुरुङ, अदिती गुरुङ, आकृति क्षेत्री, आयुषा गुरुङ, ओसिन गुरुङ, सिम्रन गुरुङ, एश्र्वय श्रेष्ठ लगायतले अभियन गरेका थिए । विद्यालयका प्राचार्य मार्गेट मेरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284