ताजा खबर

सौन्दर्य, कला र साहित्य

   १२ पुष २०७५, बिहीबार २१:१६      2,731 views

केयरसिंह गुरुङ/घाम्राङ लमजुङ

सौंन्दर्य, कला र साहित्यको सम्बन्धत्रिपक्षीय रहेको हुन्छ । सौन्दर्य आफैंमा पूर्ण छ र व्यापक छ । साहित्यको उत्पत्तिहुनु अगावै सौन्दर्य थियो ।साहित्यको जन्मपश्चातक्रमशःप्रायोगिक रुपमाल्याउन समेत थालियो । सौन्दर्य अनन्तथियो, अनन्त छ र अनन्तभई नै रहने छ ।
सौन्दर्यको निकटता सुखानुभूति सँग रहन्छ । सम्भवतः सुख, आनन्द र रमाहट आदि । भर्खर गर्भबाट जनिभएको शिशुमात्यो रुप देखा पर्दछ । संसारिक सौन्दर्यताअनगिन्ती छन् ।बिहानीको सूर्योदयको सुन्दरता रङ्गिनकिरणहरु, इन्द्रेणीको सुन्दरतापनिआफैमा पूर्ण छ । पूर्वमा देखिनलालिमाअझ राम्रो दृश्यमान्न सहिन्छ । त्यसबाटमानिसलाई सुखको अनुभव हुन्छ । सौन्दर्यले हामीलाई अवश्यपनिआकर्षण गर्दछ । बिहानीमा ढिलो गरी सुत्नेले त्यो सुख प्राप्तगर्न सक्दैन । झरना, खोला, नाला, वर्षा, फूल, भञ्ज्याङ, डाँडाकाँडा, पहाड, पर्वत, हिमाल, वनजङ्गल, ताल, तलैया, समुन्द«, महासागर, सूर्योदयआदि ।
सौन्दर्य मूलतःप्राकृतिक वस्तु नै हो । संसारमै अत्यन्त सुन्दर वस्तु प्रकृति नै हो । विशालअन्तरिक्ष, तारामण्डल, महादेश, समुन्द« आदि । जो कोहीहर्ष विभोर भई लालायित हुनेछन् । स्वच्छ, सफा, निर्मल, कञ्चन, आकर्षण यसका विशेषता हुन् । सरल भाषामा भन्नु पर्दा अनुहार आकृति, रुप, जिउडाल, संरचना आदि भन्ने बुझिन्छ । कसैले सपनालाई पनि सुन्दर बस्तुका रुपमा लिएका पाइन्छ । मानिसको उत्पत्ति हुनु पहिले ती वस्तुहरु यथावत थिए तर शून्यता देखिन्थ्यो । सौन्दर्यका बारेमा हामीलाई थाहा भएको कुरा यति नै हो । अझ यो भन्दापनि बृहत रुपमा थिए भन्ने अनुमान गर्न सकिन्छ । मानिसहरु अचेतन अवस्थाबाट चेतन अवस्थामा आएपछि ती वस्तुको क्रमशःअनुभूति गर्न थाले भन्न सकिन्छ । सौन्दर्यको अनुभूतिगर्नु मानवीय स्वभाव हो ।
जीवनरुपी यस प्रकृतिमा सौन्दर्यको ठूलो स्थान मान्न सकिन्छ । यस प्रकृतिमा विशाल सौन्दर्य छ । हामीले थोरै मात्रमा उपयोतिा लिईरहेका छौं । प्रकृतिमा भएको सौंन्दर्य परिवर्तनशील छ । प्रकृतिमा आएको परिवर्तन र विकासले यसको आकार प्रकारमा परिवर्तन ल्याएको देखिन्छ । यदि सबै हिमालहरु कारखानाका इट्टा जस्तो एकै प्रकारका हुने भए त्यहाँ कहाँ सुन्दरता भेटिन्थ्यो र ? सबै फुल एकै प्रकारका भए सायद सुन्दरता कम नै हुन्थ्यो होला । सुन्दरता भन्नु विविधता पनि हो । हाम्रो देश नेपालमा १ सय २५ जाति र १ सय २३ भाषाहरु रहेका छन् । त्यसरी नै ९ वटा धर्महरु रहेका छन् । अनेकतामा एकता भन्नुको अर्थ यही नै हो । हामी मानव जाति प्रकृतिको उपज हौं । प्रत्येक व्यक्ति आफैमा केही न केही गुणले सम्पन्न छ ।
मौसम पनि परिवर्तनशील छ । कहिले हिमनदीहरु फुट्छन् र बहन्छन् । छालहरु उड्छन्, समुन्द्रका ज्वारभाटाहरु आफैमा अचम्म लाग्दा छन् । छिनछिनमा पानी पर्ने, घाम लाग्ने, रुखपात झर्ने, पलाउने, नयाँ विरुवाहरु उम्रने आदि । सम्पूर्ण प्रकृतिरुपी वस्तुले सौन्दर्यको प्रतिनिधित्व गरिरहेका हुन्छन् । एकएक सुन्दरता जोडेर नै अति सुन्दरताको प्रतिकात्मक देख पर्दछ । मानिस पनिप्रकृतिकै एक उपहार हो । यो प्रकृतिको उपस्थिति बिना मानिसको केहि अस्तित्व रहने नै थिएन । हावा र पानीको अभावमा हामी बाँच्न सकिन्न । भोजनको अभावमा हाम्रो जीवन रहन सक्दैन । हामी प्रकृतिमै निर्भर रहन्छौं । संसारकै श्रेष्ठ वस्तु मानिस हो । मानिस र प्रकृतिको संयोगले नै ठुलाठुला प्रगति गर्नेछन् भविष्यमा । समाजमा व्याप्त लोक गीत, साहित्य, लोक नृत्यहरु हाम्रा अमूल्य निधी हुन् । नयाँ नयाँ औजारका निर्माण र नयाँ नयाँ कलाकृतिका रचनाहरु प्रगतिको संभावकहुन् । सम्बन्ध, माया, प्रेम, विवाह, चाडपर्व, मित्रता, भेटघाट, सहयोग आदि ।
मानिसहरु शब्द उच्चारणको सट्टा ध्वनिको सहायताले वा संकेतले आपसमा आदनप्रदान गर्दथे। उनीहरु प्राकृतिक अवस्थामा हुँदा पनि आनन्द भूति गर्दथे । त्यसबेला पनि मायाप्रिती थिए होलान् । उनीहरुले बनाएका शिलाचित्रहरु अझै हामी सामु देख्न पाइन्छन् । सौन्दर्यत पहिलेदेखि नै थियो भन्ने अनुमान लगाउन सकिन्छ । वास्तवमा कुनै पनि अनुभुतिचिर स्थायीहुँदैन । प्रकृति र स्तर अनुसार अनुभूतिपनि बेग्लै हुन्छ । गीतकार स्वा.लोक बहादुर गुरुङले ‘बिहानीको पहिलो किरण यही उदाँउछ ’ भनी सौन्दर्यको गीत लेखेका छन् । यसरी नै ‘क्यू दे थँुलेन दुःखमुना वर्षा मुलारी’ तमू आदिकवि स्वा.हर्क बहादुर गुरुङको लोकप्रियगीत हामी सामु सधै गुञ्जि रहन्छ । गुरुङ भाषाका विद्वान धनबहादुरको ‘आधारभूत गुरुङ व्याकरण (२०५३) हामी सामु उपहार स्वरुप रहेको छ । स्व. मेक सिङ घलेको तमू भाषा र संस्कृति सिक्ने आधार पुस्तक (२०५९), लोक बहादुर गुरुङ÷ श्याम गुरुङकाक्रमु धिं र युम्पो देउराली, प्रितम गुरुङको पाते, जसु गुरुङको कर्म क्याँ भोज बहादुर गुरुङको मैरिमो, मनोज गुरुङको शिरमाह्रानी कृष्ण कुमार गुरुङको ‘बलेनी’ कुशबहादुर गुरुङको ‘छैलीमुना जिन्दगी’ माओत्से गुरुङको शसक्त अभिनय, गोरे गुरुङको नृत्य, मेलावदेवी गुरुङ, कृष्ण गुरुङ र धनबहदुर गुरुङ, मनोज गुरुङका स्वरहरु तमू जगतमा नमूना हुनु ।
सामाजिक, धार्मिक, सांस्कृतिक सौन्दर्यता आफैमा उत्कृष्ट सम्पदा हुन् । हाम्रा गुरुङ गाँउहरु घलेगाँउ, घान्द्रुक, शिरुबारी, धम्पुस, सिक्लेस, भुजुङ्ग, पसगाँउ र सिङ्दी आदि नमूनाका रुपमा भेटिन्छन् । आज धेरै पर्यटकहरु यहाँ आँउछन र यहाँका चिजबिजमा ध्यान दिन्छन् । यहाँका मन्दिर, गुम्बा, भग्नावशेष, पुरातात्विक वस्तु हेर्न लायक बस्तु हुन् । कुनै पनि वस्तु समान रुपले समान सुनदर हुन सकिन्न । यो त दृष्टिकोण र अनुभूतिमा भर पर्दछ । कुनै वस्तु आफैमा पूर्ण हुन सकिन्न । कुनै अनुभूतिभित्री रुपमा हुन्छन् भने कुनै अनुभूतिवाह्य रुपमा हुन्छन् । यदपि यो विशाल हुन्छ ।
धेरै पहिले देखि नै लोकगित, लोकनाच, लोककथा, संगित, नाच, कविता, कथा, उखान टुक्का, महाकाब्य, उपन्यास, चित्रकला आदिमा आफ्ना सौन्दर्य प्रतिबिम्बित भएको पाईन्छ । यसमा आफ्नै प्रकारका उपमा, बिम्ब, रस र आलङकारहरु पाईन्छ । साहित्यले यसलाई उन्नति, प्रगति र विकासतर्फ डो¥याएको पाइन्छ । साहित्यले यसलाई अर्थपूर्ण र छर्लङ्ग बनाईदिन्छ । एक बालकको रुवाई, हाँसो र खेल, किसानको खेतीपाती, कलाकारको चित्र, मूर्ति र वास्तुकला आदि सौन्दर्यका प्रतिक मानिन्छन् । यी विविधपक्षहरुको चित्रण गर्नु र तिनलाई कविता कथा उपन्यास नाटक, खण्डकाव्य, महाकाव्य र चलचित्रमा वास्तविक जीवनमा भन्दा कैयौं गुण सुन्दर यसले बनाईदिन्छ । त्यसैले साहित्य साध्य पनि हो र साधन पनि हो । चारैतिरको हरियालीको सुन्दरता, उपत्यकाको सुन्दरता, वस्तीको सुन्दरता, यसरी नै दरबार स्क्वयार र संग्रहालयको सुन्दरता, ज्ञान, कुशलता, मौतिक सामग्री, गाँउघरको ठाँटी, पाटीपौवा, धारा, पँधेरा, बाटोघाटो, आँगन, टौँवा,मकैसुली, चौतारी, डोको, नाम्लो, राडी, पाखी, नाङ्लो, मदानी, घुर्रो, गोठालो र गोठालनीको सुन्दरताआदिआफैँमा पूर्णता रहेका छन् । अनेक साहि ित्यक कृतिहरुरु टाल्सटायका ‘शुद्ध र शान्ति’ देवकोटाको ‘मुनामदन’, रविन्द«नाथको ‘गीताञ्जली’ चित्तधरको ‘सुगत–सौभ’, शेक्सपियको ‘हाम्लेट’, यसरी नै रुसी, तुलसीदास, जोन मिल्सन, बाल्मिकी, नाल्टेयर, गोथे, दाँत्ते, चाल्र्स डिकेन्स, दोस्तोयभस्की, गोर्की, प्रेमचन्द र नेपालका आदिकवि भानुभक्त सौन्दर्य, कला र साहित्यकै महारथीहरु मानिन्छन् ।
संगीतको धुन, झरना, नदी र छालहरु, छचल्किएका हुन्छन् ।यी बस्तु सुर, ताल र लयमा निहित हुन्छन् । वाद्ययन्त्रहरु सीतार, गीतार हारमेनियम, मादल, बाँसुरीबाट एकै प्रकारका आवाज निस्किए निरास हुन्छ । विविधता भन्नु नै सौन्दर्य हो । मिठो अनुभुति हो ,। कुनै गायकले एउटै स्वर मात्र उच्चारण गर्दछ भने त्यसको केहि अर्थ नै हुँदैन । स्वर, ध्वनि र आवाजमा सधै तालमेल भएको र गीतहरु उच्च किसिमका भावनाहरु उत्प्रेरित भए राम्रो हुन्छ । कुनै साहित्यकारले सम्प”र्ण विश्वको विषयबस्तु एकसाथ प्रस्तुत गर्न सकिन्न । उसले त साना कविता, लधुकथा, मुक्तक, हाईक’ वा उखानहरुमा पनि ठूलो भाव लुकेको हुन्छ ।
तमू पौराणिक कथाहरुमा नारी प्रधान कथावस्तु पाइन्छन् । ‘रिं दे मयुँ’ कथा ‘शेस्यर्” क्ले’ कथा, ‘च्हजाकोनारी’ कथा, ‘अबाक्हर्ना’ कथा आदि हुन् । यसरी नै हाम्रा रोधीँ घर, हुरी, पर्मा, ल्होछार, खेँमा थेँबा, फैलु, टेत्हेँ आदि । हाम्रा सम’दायका बह’प्रचलित अलिखित इतिहास, मूल्य मान्यता, चालचलन, रहनसहन, चाडपर्व आदि । विविधता एंव समावेशीका अवधारणा हरु हाम्रा पूर्खले क्होलासोथारमा हुँदा नै अबलम्बन गरेका कुराहरु सामाजिक कथा र पेताँल्हुँतामा पाइन्छन् । गुरुङ जातिमा एकल, प्रतिक एवं आपसी मेलमिलापहरु भएका प्रशस्त उदाहरण पाइन्छन् । गुरुङहरुका गाँउहरु झुम्म परेर एकै ठाँउमा माउरी झैँ बस्नले पनि सामाजिक एकल र सद्भाव भएको देखिन्छ । हिजोको दार्शनिक पक्ष, ऐतिहासिक घटनाले अवश्य पनि वर्तमान र भविष्यलाई सुन्दर समाजको परिकल्पना र आदर्श मूल्य मान्यताका व्यवस्थाहरु स्थापित हुँदै जानेछन् भन्न सकिन्छ । अतः साहित्यमा सौन्दर्यपूर्ण संरचना, विविबत, प्रतिकात्मक दृष्टिविन्दु, उद्देश्य भएका हुनुपर्दछ । तबमात्र साहित्य बिस्तारै पूर्णता तर्फ मोढिन्छ ।वास्तवमा आजको समाजमा व्याप्त विविध प्रकारका असङगति, विकृति, बेथिति, शोषणलाई सम्झाई बुझाई कम गराई बिस्तारै सुखी र सम्पन्नताको सामाजिक धरातल निर्माण गर्नु नै सुखानुभुति हो । यसरी सौन्दर्यकला र साहित्यलाई अन्तरसम्बन्धित रुममा हेर्न सकिन्छ । यसले हाम्रो सुन्दरतालाई प्राकृतिक र सांस्कृतिक रुपमा मात्र नहेरी बहुपक्षीय दृष्टिकोणले हेर्नुपर्दछ । अवश्य पनि यसले हाम्रो पहिचान, एकता, मानवता आदि प्राप्त गर्न सकिन्छ । हामी मानवका बिच फाटो होइन,, सहअस्तित्व लाई कायम गराउनु पनि यसको उद्देश्य हो । हामी सबैजना एउटै नाटकका विभिन्न पात्रहरु हैं । विश्वब्राम्हण्ड, देश तथा सामाजिक सौन्र्दयहरुलाई कला र साहित्य सँग जोडेर हेर्नुपर्दछ । यिनीहरु एक अर्काका सहायक तत्वहरु ह्ुन् । सौन्दर्यता हाम्रो जिवन हो । कलाविहिन जिवन, साहितय विहिन जिवन पुच्छर बिनाको पशु समान हुन्छ । हामी पनि सहि भावनाले ओतप्रोत भई स्वतन्त्र, सौन्दर्य र कलात्मक साहित्यको अवलम्बन गरौं । जय सौन्दर्यता, जय कलाकारिता, जय साहित्य ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284